काठमाडौं । वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजितकुमार झाको नयाँ गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक गरिएको छ।
काठमाडौंको न्यूरोडस्थित रञ्जना हलमा आयोजित विशेष समारोहमा अभिनेता मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरेका छन्। डा। झाको स्वर, शब्द र संगीतमा गीत तयार भएको हो।
गीतको एरेन्ज पबिधान खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको म्युजिक भिडिओमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्।
भिडिओको निर्देशन, कथा लेखन तथा कोरियोग्राफी कबिराज गहतराजको छ। रामशरण उप्रेतीको छायांकन रहेको भिडिओमा मनोज कार्कीको सम्पादन, कलर र जीएफएक्स रहेको छ। सरोज पाण्डेले मेकअप गरेका छन् भने सुर्य ओलीको प्रोडक्सन गरेका हुन्।
चिकित्सा पेशासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको डा. झाले बताए।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
‘गौंथली’ बन्यो सर्वाधिक कमाउने १२औं फिल्म
गायक थानेश्वरको स्वरमा आयो ‘लज्जावती’ को मर्मस्पर्शी गीत
ऐतिहासिक फिल्म ‘आमा’ को विशेष प्रदर्शन
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक
रमिला खुमनको तीजगीत ‘जम्छ माया विस्तारै’ सार्वजनिक
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
सुनसरीका २ पालिकामा आज पनि निषेधाज्ञा जारी
मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न आदेश






