काठमाडौँ । प्रतिनिधि सभाको आगामी भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद ९ मा रहेको व्यवस्था बमोजिम उक्त दिनको बैठकमा प्रश्नोत्तरको समय निर्धारण गरिएको हो ।
सभामुख डोलप्रसाद अर्यालले सोमवारको बैठकमा गराएको जानकारीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना सदस्यको प्रश्न समावेश हुनेछ ।
बाँकी प्रश्नहरूको हकमा भने सदनमा दलहरूको सदस्य संख्याका आधारमा विभाजन गरिने र बढीमा १५ वटा प्रश्न सोध्न सकिने व्यवस्था मिलाइएको छ । प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन चाहने सदस्यहरूले आगामी भदौ ५ गते शुक्रवार दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्ना प्रश्नहरू लिखित रूपमा बुझाउनुपर्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारका प्रवक्ताले आज पत्रकारहरूसँग राजनीतिक विषयमा अन्तरक्रिया गर्ने
गुन्डुमा ढल्ने पालो अब हिक्मत कार्कीको !
रास्वपालाई लाग्यो स्थानीय तह चुनाव
कांग्रेस सभापति गगन र निर्वाचन आयोगलाई शशांकको पत्रः ‘पार्टीका गतिविधि रोक्नू, नयाँ निर्णय नगर्नू’
चमत्कारको सन्देशसहित चुनदेवीमा चहलपहल
सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री नियुक्त
भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथी दर्जासहित सम्मान प्रदान
जसपा र लोसपाको एकीकृत संरचनामा नयाँ केन्द्रीय समिति





