पार्टीको असन्तुष्ट समूहसँग संवादमा छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको असन्तुष्ट समूहसँग आफू संवादमा रहेको बताएका छन् । असमझदारीहरू हल गर्न असन्तुष्ट नेताहरूसँग आफूले निरन्तर संवाद गरिरहेको थापाले बताए ।

१५ औँ महाधिवेशनका लागि निर्वाचन अधिकृतलाई पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा सभापति थापाले भने, ‘केही नेताहरू असन्तुष्ट हुनुहुन्छ । उहाँहरूसँग सहमतिका लागि म निरन्तर संवादमा छु ।’

पार्टीको आधिकारिकताको विषयलाई लिएर कांग्रेस अहिले विभाजित छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा मुद्दा हालेको छ । दुवै समूहका नेताहरूले संवादबाटै सहमति खोजिनुपर्ने बताइरहँदा सभापति थापाले पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

मार्तडी–कोल्टी र खप्तड–डोगडी–मार्तडी सडक अलपत्र