काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो । ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गरेका थिए ।
परिषद्का महासचिव पशुपति कँडेलले पर्यटकीय केन्द्र ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य गर्ने सहमति भएको जानकारी दिए । भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा छलफल भएको उनले बताए ।
भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यक रूपमा परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । परिषद्का अध्यक्ष राजुमान डंगोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न परिषद्ले विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको बताए ।
परिषद्ले ठमेलको विकास र सुरक्षाका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
सरकारले कप्तानगन्ज घटनापीडितलाई राहत प्रदान गर्ने
ग्वार्कोस्थित फ्लाइओभरमा बस ठोक्किँदा मृत्यु भएकी महिलाको पहिचान
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते
रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते






