सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

Tourists wearing hats take photographs on the rocky Areios Pagos Hill next to the Acropolis in Athens, Greece, Friday, Aug. 14, 2026. (AP Photo/Thanassis Stavrakis)

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबीच घामबाट बच्ने टोपीको माग बढेको छ ।

एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल र किओस्कहरूमा परालका टोपी, पानामा ह्याट, बेसबल क्याप र बकेट ह्याटका स्ट्यान्ड देखिन थालेका छन् ।

दिउँसोको चर्को घामबाट जोगिन पर्यटकहरूले टोपीलाई आवश्यक सामग्रीका रूपमा प्रयोग गर्न थालेका छन् । सन् २०२५ मा एक्रोपोलिसमा करिब ४६ लाख पर्यटक पुगेका थिए । धेरै पर्यटकले छायाँको अभावमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा घण्टौँ बिताउने गरेका छन् ।

अस्ट्रेलियाली पर्यटक ज्याक योसिफले घामबाट बच्न टोपी आवश्यक भएको बताए । ‘मेरो अनुहार घामले रातो भइसकेको छ । अहिले टोपी लगाउनु सामान्य भएको छ र मानिसहरू पनि यसप्रति बढी सचेत भएका छन्’, उनले भने ।

गत वर्ष ग्रीसमा करिब तीन करोड ८० लाख पर्यटक पुगेका थिए । अत्यधिक गर्मीका बाबजुद पर्यटकको सङ्ख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरूले घामबाट बच्ने उपाय अपनाउन आग्रह गरेका छन् ।

एक्रोपोलिसमा रेडक्रसका स्वयंसेवकहरूले पर्यटकलाई सनस्क्रिन, पानी, जानकारीमूलक पर्चा तथा टोपी वितरण गर्दै आएका छन् ।

स्वास्थ्यकर्मीहरूले पराबैजनी किरणको असर तथा ‘हिट स्ट्रोक’बाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

सिन्टाग्मा स्क्वायरका किओस्क सञ्चालक कोन्स्टान्टिनोस मालिओसले पछिल्ला वर्षमा टोपीको बिक्री बढेको बताए । उनका अनुसार टोपीको मूल्य छ युरोदेखि २० युरोसम्म पर्छ ।

यसैबीच, टोपी निर्माता लिसा सारिगियानिडोउले परम्परागत शैलीका परालका टोपी उत्पादन गर्दै आएकी छन् । उनका टोपीको मूल्य करिब ५० युरोबाट सुरु हुने र विशेष डिजाइनका टोपीको मूल्य १०० युरोभन्दा बढी पर्ने उनले बताइन् ।

‘टोपीप्रतिको मानिसहरूको दृष्टिकोणमा परिवर्तन आएको छ’, उनले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ