सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा कारोबार भइरहेको छ आज ?

काठमाडौं । आज शुक्रबार पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला सात हजार ६०० रूपैयाँ बढेको सुनको भाउ आज तोलामा दुई हजार ५०० रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला तीन लाख चार हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलाको चार हजार ७६५ रूपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतितोला चार हजार ७२५ रूपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँ बढेको हो ।

गएको १५ माघमा सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो

त्यस्तै, गएको १५ माघमा चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो । चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

कृष्णभीरमा ट्र्याक खोल्न थालियो