Thursday, April 22, 2021
Home बिचार कोरोनामुक्त जीवनशैली : सरसफाइ र भौतिक दूरी

कोरोनामुक्त जीवनशैली : सरसफाइ र भौतिक दूरी

,

जीवनयापनमा केही सहज हुनेगरी ३० जेठबाट लकडाउन खुकुलो भएको छ । परीक्षणको अधिकतम मात्रा र क्षमताले हरेक दिन ३ अंकमा बढ्दै ५ हजार नाघिसकेको छ । पहिलो दिनमै भिडभाड, मास्कबिनाको यात्रा र हिँडाइ तथा बसाइले कतै नेपाल कोरोनामुक्त भइसकेको हो कि भन्ने लाग्दै छ । ३० जेठको अवस्था देख्दा अबको संक्रमण परीक्षण क्षमताले गर्दा ३ अंकमा बढ्नेमा शंका छैन । जिल्लामा २ सय बढी संक्रमित भए पुनः लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्रालयको मापदण्डले बताएको छ ।

लकडाउनको चौथो चरण अर्थात् पूर्ण लकडाउनबाट सिधै पूर्ववत् अवस्थामा फर्कन सकिँदैन । क्रमशः कम गर्दै लान सकिने भएकाले त्यसैको सुरुवात भएको छ । पालना गर्नुपर्ने आचरण र मापदण्ड आउँदै छन् । तथापि, अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकालाई केही लामो समयसम्म बन्द राखिनेछ । तत्कालका लागि ३ लाख नेपाली भित्रन चाहेका देखिन्छन् । यही १६ जेठमा स्थलमार्गबाट नेपाल फर्किन सरकारले २० नाका तोकिसकेकाले विदेशबाट ल्याउन चार्टड उडान जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २८ जेठ २०७७ मा संसद्मा कोभिड नियन्त्रणका लागि ४५ अस्पतालमा २२ जनाका दरले ९ सय ९०, स्थानीय तहमा कन्ट्रयाक्ट ट्रेसिङका लागि ३ जनाका दरले ३ हजार २ सय २५ र ३ हजार ७ सय ६५ क्वारेन्टाइनमा ११ हजार ३ सय १ गरी कुल १५ हजार ५ सय १६ जना स्वास्थ्यकर्मी खटाएको जानकारी दिएका छन् ।

पुनः लकडाउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० जेठ २०७७ मा तयार पारेको नया“ मापदण्डमा तीन प्रकारको व्यवस्था गरेको छ । ५० जनासम्म संक्रमित भएका जिल्लालाई सुरक्षित, ५१ देखि २ सय संक्रमित मध्यम प्रकृति मानी तोकिएको समयमा तोकिएको काम गर्न पाइने र २ सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा लकडाउन गर्न सकिने र जिल्लाको वर्गीकरण मन्त्रालयको कमान्ड केन्द्रले सिफारिस गर्ने अनिवार्य छ ।

ज्वरो, खोकी अनि श्वासप्रश्वासको समस्या देखिएकालाई सकेसम्म जनसम्पर्कमा नआउने सल्लाह दिइएको छ

लकडाउन खुकुलो बनाएको सरकारले जुनसुकै ठाउँमा पनि २ मिटर वा ६ फिटको भौतिक दूरी, घरबाहिर निस्कँदा सर्जिकल वा तीन तह भएको कपडाको मास्क र परिसरमा हात धुने साबुनपानी वा स्यानिटाइजरको व्यवस्था तथा प्रवेश गर्नेले हात धोएको वा प्रयोग गरेको तीन सर्त अनिवार्य रूपमा पालना गर्ने उल्लेख छ । त्यस्तै, अनुहारको टी–क्षेत्र आँखा, नाक र मुख नछुने र खोक्दा, हाच्छिउँ गर्दा सुरक्षित तरिका अपनाउनुपर्ने उल्लेख छ । सार्वजनिक स्थलमा नथुक्ने, विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने, ज्वरो, खोकी अनि श्वासप्रश्वासको समस्या देखिएकालाई सकेसम्म जनसम्पर्कमा नआउने सल्लाह दिइएको छ ।

नयाँ मापदण्डमा कार्यालयमा आउनेलाई सुरुमा थर्माेमिटरबाट परीक्षण गर्ने र १००.४ डिग्री फरेनहाइट बढी भए काममा नलगाउने, फेस रिडिङ मेसिनबाट हाजिर गर्न लगाउने, यदि सम्भव नभए सुपरभाइजरले कर्मचारीको अभिलेख राख्ने तर थम्ब हाजिरीलाई निरुत्साहित गर्ने रहेको छ । समस्या भएकालाई उपचार वा आराम गर्न लगाउने, खानपानमा सर्तकता, भाँडाकुँडा साबुनपानीले सफाइ र सुकेपछि मात्र प्रयोग, शौचालय दैनिक कम्तीमा दुईपटक सफाइ, हातधुने बेसिनमा ब्रस नराख्ने र धेरै प्रयोग हुने ढोका, हयान्डल, टेबुललगायतमा नियमित डिसइन्फेक्सन गर्नेछ । त्यस्तै, होटल, रेस्टुरेन्ट र क्यान्टिनलाई सकेसम्म प्याकिङ परिपाटीलाई प्रोत्साहित गर्दे मापदण्ड दिएको छ । लजिङमा श्रीमान् श्रीमती र परिवारका एकदमै नजिकका बाहेक अन्यलाई कोठा सेयर गर्न नदिनेछ ।

चीन, अमेरिका, बेलायत र जर्मनीमा कम्तीमा सात खोप परीक्षणको चरणमा छन्

दन्त उपचार, ब्युटीपार्लर र कपाल काट्ने सेवामा अनिवार्य मास्क र पन्जा तथा मुख र घाँटी परीक्षणमा चिकित्सकले अनिवार्य एन–९५ मास्क प्रयोग गर्नेछ र सेवाग्राहीको फोन नम्बरसहितको व्यक्तिगत विवरणको अभिलेख राख्नेछ । सार्वजनिक यातायातमा एकापट्टिको लहरको सिटमा एक जना क्रस गरेर बस्नुपर्छ । विषयगत मन्त्रालयले आफ्नो सेवा कायम गर्दा स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर सेवा सञ्चालन गर्नुपर्नेछ । यसो नगरेमा संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ मार्फत कारबाही गरिने पनि उल्लेख छ ।

सामाजिक दूरी : संक्रमण नियन्त्रण गर्न गरिने संगठित क्रियाकलाप हो, सामाजिक दूरी । संक्रमणको फैलावट रोक्न वा घटाउन निश्चित क्षेत्रमा निश्चित समयका लागि व्यक्तिव्यक्तिबीचको सम्पर्क घटाउन विविध वैज्ञानिक, सामाजिक एवं व्यावहारिक उपाय अपनाइन्छ । सामाजिक अर्थात् भौतिक दूरीको प्रारम्भिक अवधारणा बेलायती चिकित्सक रोनाल्ड रोस र अमेरिकी चिकित्सक अल्फ्रेड लोटका आदिले दिएका थिए । महामारीमा यसको पहिलो आधुनिक प्रयोग जर्ज म्याक डोनाल्डले सन १९५२ मा स्कटल्यान्डमा मलेरियाको संक्रमण रोक्न गरेका थिए ।

व्यक्तिव्यक्तिबीचको प्रत्यक्ष सम्पर्क घटाउने विधिलाई सन् १९५२ ताका सोसल डिस्टेन्सिङ भनिएको थियो । तथापि, त्यसबेला सामाजिक सम्बन्ध स्थापना गर्न व्यक्तिव्यक्तिबीचको भेट अनिवार्य अपेक्षित थियो । तर, हाल सूचना प्रविधि, सामाजिक सञ्जाल र इन्टरनेटले एकअर्काबीच नभेटेर पनि सामाजिक सम्बन्ध कायम गर्न सकिन्छ । तसर्थ, सामाजिक दूरी कायम गर्ने शब्दले बहिष्करण, विभेदको एक स्वरूप भन्ने बुझिन्छ । धेरैले नरुचाउने र उपयुक्त नभएकाले अब भौतिक दूरी भनिनुपर्छ र त्यहीअनुसार नै प्रयोग भइरहेको छ । महामारी रोग विज्ञानको दृष्टिकोणमा सोसल डिस्टेन्सिङको मुख्य उद्देश्य भाइरसको सर्ने र आधारभूत प्रजनन संख्या घटाउनु हो ।

सामाजिक अर्थात् भौतिक दूरीको उद्देश्य भनेको संक्रमित र स्वस्थ व्यक्तिबीचको सम्पर्क घटाउनु हो । जसले गर्दा संक्रामक रोग अरूमा नसरोस्, संक्रमितको संख्या नबढोस् र मृत्यु नहोस् । जब संक्रमण श्वासप्रश्वास, रुघाखोकी, प्रत्यक्ष सम्पर्क, यौनसम्पर्कसमेत, अप्रत्यक्ष सम्पर्क, संक्रमितले प्रयोग गरेका वस्तु, हावा र जीवाणु धेरैबेर बाँच्नेबाट चिजबाट रोग सर्ने हुँदा सामाजिक दूरी अत्यन्त प्रभावकारी देखिएको छ । त्यस्तै, सिल गर्दा र आन्तरिक यात्रा ९९ प्रतिशत रोक्दा महामारी दुईदेखि तीन सातासम्म पर सरेको पाइएको छ ।

कहिले कोरोनामुक्त : जनसंख्यालाई कोभिडमुक्त बनाउन कोरोनाविरुद्ध लड्न सक्षम बनाउने हर्ड इम्युनिटी वा खोप हो । हर्ड इम्युनिटीको विकास गर्न कम्तीमा ८० प्रतिशत जनसंख्यामा कोरोनासँग लड्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । कोरोनामा यसको अन्य फ्लुभन्दा १० गुणा बढी जटिलता, जोखिम समूह, मृत्युदरले गर्दा यसो गर्न सम्भव छैन । त्यसैमा नेपालको कमजोर स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले धान्न सक्दैन ।

खोपको उत्पादन गर्न परीक्षणमा विश्वभरका वैज्ञानिक जुटिरहेका छन् । १ सय २० बढी खोपको परीक्षण भइरहेका र धेरैजसो खोप प्रयोगशाला वा जनावरमा गरिने प्रारम्भिक अनुसन्धानकै चरणमा छन् । चीन, अमेरिका, बेलायत र जर्मनीमा कम्तीमा सात खोप परीक्षणको चरणमा छन् । छिटोमा खोप २०२१ को जनवरीसम्म प्रयोगमा आउन सक्ने आँकलन गर्न सकिन्छ ।

अन्तमा, कोभिड–१९ मुक्त बनाउन समय लाग्ने भए पनि लाग्नै नदिने र जितिने गर्न सकिन्छ । श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने भएकाले हाम्रो आनीबानी नै रोगको कारक हुन् । विश्व स्वास्थ्य संगठनले कोभिडबाट बच्न सुझाएका ६ सुझावमा छैटौंबाहेक बाँकी पूर्णतः स्वच्छतासम्बन्धी व्यवहारको भूमिका ९० प्रतिशत बढी छ । तसर्थ, घरबाहिर निस्किँदा तीन तहको कपडाको वा सर्जिकल मास्क, दुई मिटरको भौतिक दूरी, नियमित साबुनपानीले हात धुने र खोक्दा, हाच्छिउँ गर्दा कुहिनाले छोप्ने, नाक, मुख र आँखा नछुने र हातले जहाँ पायो त्यहाँ नछुने र नमस्कार गर्दे अभिवादन गर्दै जिऔं र कोरोनाबाट जोगिऔं ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

साताका लोकप्रिय समाचार

होटलको कोठामा झुण्डिएको अवस्थामा महिलाको शव फेला

धनकुटा ।  धनकुटा नगरपालिका–६ सरस्वती चौकस्थित महालक्ष्मी होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । १० दिन अघिदेखि सोही होटलको १०३...

स्वार्थको संघर्ष, दण्डहीनता र नेपाली राजनीति

नेपालको राजनीतिलाई गहन रूपमा अध्ययन गर्दा दण्डहीनताको सुरुवात माओवादीको द्वन्द्व कालबाटै भएको हो । संयुक्त जनमोर्चाको नामबाट राजनीति प्रारम्भ गरेको यो दललाई जनताले स्वीकार...

भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर

नेपालगञ्ज ।  नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहा जिल्ला अस्पताल सिल

 लाहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना...

ट्रेन्डिङ

रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक 

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्...

कोरोनाको महामारीमै चलचित्र छायांकन

काठमाडौं । चलचित्र प्रदर्शनका लागि सिनेमा हल कहिलेबाट खुल्ने भन्ने टुंगो छैन । महामारीको रूप लिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) बाट अहिले नेपाली चलचित्र...

अस्मिताको ‘दोबाटोमा चौतारी’ सार्वजनिक

काठमाडौं । गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको ‘दोबाटोमा चौतारी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा सुष्मा देवकोटाको शब्द रहेको छ...

आसन्न बजेटमा कोरोना राहत

आज मुलुकको वार्षिक बजेट आउँदै छ । नेपालको संविधानको धारा ११९ को उपधारा १ मा नेपाल सरकारका अर्थमन्त्रीले प्रत्येक वर्ष १५ जेठमा संघीय संसद्का...

राष्ट्रपतिले सहभागिता जनाउने महायज्ञको पूर्वतयारीको प्रशासनद्वारा स्थलगत अवलोकन

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउने तथा विशेष पुजा गर्ने मधानी महायज्ञको पूर्वतयारीको स्थलगत अवलोकनमा स्थानीय प्रशासन जुटेको छ । जिल्ला तहका प्रमुख...

समस्याको चपेटामा किसान

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण किसान समस्यामा चपेटामा परेका छन् । संक्रमणको त्रासका कारण किसानलाई खेतमा पाकेको बाली घरमा भियाउन समस्या भएको छ...

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा...

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

सिन्धुपाल्चोक पहिरो : १३ जनाको मृत्यु, १८ अझै बेपत्ता

सिन्धुपाल्चोक । भीरखर्क र घुम्थाङको नागपुजेमा आइतबार बिहान २ बजे भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो । १८ जना अझै बेपत्ता भएका...

विकासका लागि सरकारको ‘गेम चेन्जर’ लक्ष्य

काठमाडौं । सरकारले विभिन्न १८ वटा रूपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ । प्रधानमन्त्री...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)