भ्यालेन्सिया र गेटाफेलाई धक्का

मड्रिड । शीर्ष चारमा स्थान बनाउन संघर्षरत गेटाफे ग्रानडासँग स्तब्ध हुदा भ्यालेन्सिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । गेटाफे ग्रानडासँग २–१ ले स्तब्ध बन्दा भ्यालेन्सिया लेभान्टेसँग १–१ गोलको बराबरी रोकिएको हो । यो नतिजाले दुवै टोलीलाई शीर्ष चारमा पर्नका लागि धक्का लागेको छ ।

१० खेलाडीमा सीमित लेभान्टेले इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि स्पेनी ला लिगामा भ्यालेन्सियाले बराबरीमा चित्त बुझाउनुपरेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ नै धकेलिदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ अघि बढाएको थियो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भ्यालेन्सियाका रुवेन भेजोले मोउक्टर डियावीलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहायतामा लेभान्टेलाई पेनाल्टी दिएको थियो । जसमा गोन्जलो मेलेरो चुकेनन् । त्यसअघि खेलको ७४औं मिनेटमा रोजर दोहोरो पहेंलो कार्ड खादै मैदानबाट बाहिरिदा लेभान्टे १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै भ्यालेन्सिया ४३ अंक जोडेर सातौं स्थानमा यथावत् रहँदा लेभान्टे ३४ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।

यस्तै, यो सिजन उच्च प्रदर्शन गरिरहेको गेटाफे ग्रानडासँग २–१ ले पराजित भएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि गेटाफेले हार बेहोरेको हो । २०औं मिनेटमा डेभिड टिमोर कोपोभीको गोलबाट गेटाफे अघि बढेको थियो । ७०औं मिनेटमा आत्मघाती गोलबाट ग्रानडा खेलमा फर्किएको थियो । ८०औं मिनेटमा कार्लाेस फर्नान्डेजले गोल गर्दै घरेलु टोलीलाई २–१ को जित दिलाए । जितसँगै ग्रानडा २८ खेलबाट ४१ अंक जोडेर आठौं स्थानमा उक्लदा हारपछि गेटाफेलले शीर्ष चारमा पुग्ने मौका गुमाएको छ । गेटाफे ४६ अंकसहित पाँचौं स्थानमा यथावत् छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल