काठमाडौं । प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरणलगायत विस्थापित नागरिकको धनजनको सुरक्षालाई मध्यनजर गरी सामुदायिक प्रहरीलाई पनि थप क्रियाशील बनाउन प्रभावित जिल्लामा परिपत्र गरेको छ ।
बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेषलगायतका स्थानमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।
प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन÷यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माइकिङसमेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको हो ।
विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवं प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत अन्य संवेदनशील वर्गविरूद्ध हुन सक्ने हिंसा तथा दुव्र्यवहारप्रति थप संवेदनशील भई कार्य गर्नसमेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
गरिमा चौधरी हत्या अभियुक्तको बयानका क्रममा भिडियो खिच्ने प्रहरी पक्राउ
नेपाल प्रहरीले रसुवा बाढीमा दिवंगत प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने
सशस्त्रले भोटेकोशी बाढीमा ज्यान गुमाउने कर्मचारीका परिवारलाई २५ लाख रुपैयाँ दिने, उद्धार कोषमा साढे १५ करोड
बाढी अपडेट: मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
दोस्रो चरणमा चीनले नेपाल पठाएको राहत सामग्रीमा के के छ ?
ग्यास संकट टार्न प्राथमिकतामा घरायसी उपभोक्ता
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय लैजाने विधेयक पारित





