काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ ।
आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०।६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।
रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । साथै रसुवामा खोप अभियान यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
अध्यारोबाट उज्यालो देखेपछि …
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी
बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क
बाढीमा परी घाइते भएका ७८ जना उपचारपछि डिस्चार्ज
टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
फोहोर व्यवस्थापन’bout प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय






