‘ढुक्क रहनुस् !, दसैँ अगावै लालपुर्जा वितरण प्रक्रिया सुरु हुन्छ’

सप्तरी । राजविराज स्थापनाकाल देखी नै बसोबास गर्दै आए ता पनि हालसम्म जग्गाको लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) पाउन नसकेका स्थानीयको ८५ वर्षदेखिको सो चाहना पुरा हुने भएको छ ।

बिहीबार साँझ गृह जिल्ला आइपुगेका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले दसैँ अगावै सरकारले नगरवासीको माग सम्बोधन गर्न गृहकार्य अन्तिम चरणमा पु¥याईसकेको र सो समय भित्रै लालपुर्जा वितरण गर्ने जानकारी गराएपछि नगरवासीको सपना साकार हुने भएको हो ।

८५ वर्षपछि बल्ल राजविराज नगरवासीको सपना साकार हुँदै

बिटौरी शुल्क तिरेर आफ्नै लगानीमा भवन संरचना निर्माण गरी जग्गाको उपभोग गर्दै आएको भए ता पनि लालपुर्जा नहुँदा बैङ्क सितको कारोबार लगायतका अन्य गतिविधि गर्न कठिनाइ भोग्दै आएका नगरपालिका भित्रका ६८ विगहा क्षेत्रफलका ५ हजार २ सय ३५ परिवार समस्या झेल्दै आएका थिए ।

लालपुर्जाका लागि पछिल्लो पटक लगातार ५१ दिनसम्म नगरवासीले आन्दोलन गरेपछि सरकारले केन्द्रबाट ५ सदस्यीय टोली पठाएर स्थलगत अध्ययन र आन्दोलनकारीसँग वार्ता गरी फर्केका थिए ।

यसै क्रममा बिहीबार साँझ राजविराजमा सङ्घर्ष समितिका संयोजक खेलानन्द दास तथा अन्य पदाधिकारीसँगको भेटघाटमा मन्त्री यादवले दसैँ अगावै बिटौरी जग्गावालालाई लालपुर्जा वितरण प्रक्रिया फास्ट ट्र¥याकबाट सुरु भइसक्ने बत्ताएपछि स्थानीय खुसी भएका हुन् ।

आफू गृह जिल्ला आउने बखत पनि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसित राजविराजको बिटौरी जग्गाको समस्या ’bout कुरा राखेको बताउँदै मन्त्री यादवले उहाँबाट पनि प्रक्रिया अन्तिम चरणमा पुगेको र दसैँ अगावै लालपुर्जा वितरण गर्ने भनी आफूलाई जानकारी दिएको उल्लेख गरे ।

जग्गाको मूल्याङ्कनका आधारमा ५ प्रतिशतले राजश्व शुल्क लिने भनी केन्द्रमा छलफल चलिरहेको भए पनि आफूले त्यसमा सकेसम्म अझ केही शुल्क कम गर्ने प्रयत्न गरिरहेको मन्त्री यादवको भनाई छ ।

आफूले यसै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा जितेको स्मरण गर्दै उनले जिल्लाको अन्य समस्या र विकासमय गतिविधिमा समेत चासो राख्दै आएको बताए । उनले गजेन्द्र नारायण सिंह अस्पतालको सेवा सुधार, गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई व्यवस्थित, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नरसिंह क्याम्पस, इन्जिनियरिङ क्याम्पस, शीत भण्डार, राज रंगशाला लगायतको निर्माण कार्य सम्पन्न र सञ्चालनका साथै सदरमुकाम राजविराज देखी छिन्नमस्ता, हनुमाननगर, रुपनी र कञ्चनपुर लगायतका ठाउँ सम्म जाने अधुरो सडक निर्माण कार्य पनि शीघ्र पुरा गराउने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घर्ष समितिका संयोजक खेलानन्द दासले मन्त्री यादवको प्रतिबद्धतापछि नगरवासीमा खुसीयाली छाएको बताए । “८५ वर्षको लामो प्रतीक्षा अन्त्य हुन लागेको छ । हामी अत्यन्त खुसी छौँ ।” उनले भने ।

उक्त अवसरमा सङ्घर्ष समितिका पदाधिकारीका साथै राजविराज नगरपालिकाका पूर्व मेयर शम्भुप्रसाद यादव लगायतले मन्त्री यादवप्रति धन्यवाद व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालियो