रास्कोट कांग्रेस नगरसभापतिमा संज्याल सर्वसम्मत

कालीकोट । कांग्रेस कालिकोटको रास्कोट नगरपालिकाको नगरसभापतिमा सुरेन्द्र संज्याल सर्वसम्मत चयन भएका छन्। उनी २८ वर्षका हुन् । कांग्रेस १५ औं नगर अधिवेशनबाट संज्याललाई नगरसभापतिको जिम्मेवारी दिएको हो।

रास्कोट नगरपालिका–१ निवासी संज्याल युवा पुस्ताबाट पार्टीको नगर नेतृत्वमा आएका हुन्। कम उमेरमै नगरसभापतिको जिम्मेवारी पाएसँगै उनको चयनलाई कांग्रेसको स्थानीय संगठनमा युवा नेतृत्वको प्रवेशका रूपमा लिइएको छ।

नगरसभापतिमा चयन भएपछि संज्यालले रास्कोटमा पार्टी संगठनलाई थप सक्रिय, व्यवस्थित र जनमुखी बनाउने बताएका छन्। उनले संगठन विस्तारसँगै नेता तथा कार्यकर्ताबीचको सहकार्य र एकतालाई प्राथमिकता दिने बताए।

स्थानीय तहका जनताको समस्या र सरोकारका विषयलाई पार्टीमार्फत प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहेको संज्यालको भनाइ छ।

उनी यहाँ भन्दा पहिले रास्कोट नगरपालिकाका कोषाध्यक्ष समेत भइसकेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

एमालेमा विद्यादेवी भण्डारी दोस्रो वरीयताक्रममा रहने