काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी १२ मुद्दामा कैद र जरिवाना ठहर भएपछि फरार रहेका शेरबहादुर मगरलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विभिन्न अदालतका फैसलाबाट उनलाई कुल २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १०० रुपैयाँ जरिवाना ठहर भएको थियो।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्दै आएका ४८ वर्षीय मगरलाई कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको कार्यालयले जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको मुद्दागत विवरणमा १२ मुद्दाको जम्मा बिगो ८ करोड ४२ लाख ३६ हजार रुपैयाँ उल्लेख छ। विभिन्न मितिमा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, भक्तपुर जिल्ला अदालत र उच्च अदालत पाटनबाट ती मुद्दाको फैसला भएको विज्ञप्तिमा जनाइएको छ।
सम्बन्धित समाचार
पोखरेलको प्रतिवेदन अस्वीकार, बादलले नयाँ प्रतिवेदन पेस गर्ने
भारतीय प्रहरीले मध्यरातमा नेपाली युवालाई पक्राउ गरी लगेकै हो ?
काठमाडौंबाट १ किलो ४ सय ग्राम अवैध सुन बरामद, एक जना पक्राउ
टंगालको भाटभटेनी असोज ५ देखि पुनः सञ्चालनमा आउने
डेगु नियन्त्रणमा सरोकारवालाको भूमिका महत्वपूर्ण
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
अवतरण गर्दा पांग्रा खुस्किएपछि सीता एयरको जहाज दुर्घटना
बाढीपीडितका लागि चौदण्डीगढी नगरपालिकाद्वारा ४४ लाख सहयोग






