कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको छ । उनीहरुलाई भेटेरै औपचारिक निमन्त्रणा प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

१६ असोजमा काठमाडौंको खुलामञ्चमा आयोजना हुने उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नेपाली कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई आमन्त्रण गरिएको छ ।

यस उपस्थितिले लोकतान्त्रिक उत्सवलाई थप अर्थपूर्ण बनाउँदै राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउने विश्वास लिइएको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा