काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने भएको छ ।
रास्वपा सभापति रवि लामिछानेले असोज १७ गते दिउँसो ३ बजे केन्द्रीय कार्यालय चमती घन्टीघरमा बस्ने गरी बैठक बोलाएका हुन् ।
अहिले बैठकको कार्यसूची तय भइरहेको रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकमा पार्टीको संगठन विस्तार, आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । सोहीअनुसार अहिले बैठकको एजेन्डा तयार पार्न लागिएको हो ।
बैठकको एउटा एजेन्डामा सरकारको ६ महिने समीक्षा पनि रहेको बताइन्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले मंगलबार ६ महिना पूरा गरेको हो ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)
सम्बन्धित समाचार
बाढीपछि सरकारले युद्धस्तरमा काम गरिरहेको छ : लामिछाने
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
कांग्रेस महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको पूर्वकार्यवाहक सभापति खड्काको प्रष्टोक्ति
एमाले कार्यदल बैठक लम्बिएपछि सचिवालय बैठक ३ बजेसम्म सर्यो
पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक
एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित
कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा
मोरङ–१ कांग्रेस अधिवेशनमा जिल्ला सभापति लिम्बू र चाम्लिङबीच धकेलाधकेल





