ककपिटमा पाइलटबीच हानाहान भएपछि फ्लाई दुबई साउदीमा अवतरण

ककपिटमा पाइलटबीच झगडा भएपछि दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाई दुबईकाे विमान साउदी अरबकाे ताबुकमा अवतरण गरिएकाे छ । दुबईबाट तेल अवीवका लागि उडेको फ्लाई दुबईको यात्रुवाहक विमान बुधबार बिहान साउदी अरबतर्फ मोडिँदै ताबुकमा अवतरण भएकाे हाे ।

दुई पाइलटबीच भएको हिंस्रक झडपका कारण आपतकालीन संकेतहरू (इमर्जेन्सी कोडहरू) जारी भएपछि यस्तो निर्णय लिइएको थियो । यसमा सम्भावित अपहरणको संकेत दिने कोड पनि समावेश थियो। 

घटना सुरक्षामाथिको आक्रमण नभएको निष्कर्षमा पुग्नुअघि नै इजरायली लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको थियो।

राडारले सुरुमा ७७०० (सामान्य आपतकाल) कोड पठाएको थियो, तर केही समयपछि ७५०० (गैरकानूनी हस्तक्षेप) मा परिवर्तन गर्दै विमानले पुनः ७७०० कोडमा परिवर्तन गरेकाे थियाे । विमानभित्रको अवस्था’bout अहिलेसम्म केही खुलाइएकाे भने छैन ।

बोइङ ७३७ म्याक्स ८ मोडलको उडान FZ1073 बिहान करिब ७:०५ बजे दुबईबाट उडेको थियो । विमान बिहान ९:३० बजे बेन गुरियन विमानस्थलमा अवतरण गर्ने तालिका थियो। इजरायली सञ्चारमाध्यमका अनुसार विमानमा करिब १७४ देखि १८० यात्रुहरू सवार थिए, जसमा धेरै इजरायली नागरिक र करिब २७ बालबालिका समावेश थिए।

उडान सुरु भएको करिब ९० मिनेटपछि, जब विमान जोर्डनको हवाई क्षेत्रमा प्रवेश गर्‍यो, यसले सामान्य आपतकालको अन्तर्राष्ट्रिय संकेत ‘स्क्वाक कोड ७७००’ प्रसारण गर्‍यो। त्यसपछि केही समयका लागि ‘७५००’ कोडमा परिवर्तन गर्‍यो, जुन गैरकानूनी हस्तक्षेप वा सम्भावित अपहरणको अवस्थामा प्रयोग गरिन्छ।

त्यसपछि विमानकाे उचाइ घटाइयो र साउदी हवाई क्षेत्र हुँदै ताबुकतर्फ अघि बढ्यो। केही समयका लागि यो सार्वजनिक उडान-ट्र्याकिङ साइटहरूबाट हरायो र ककपिटसँगको सम्पर्क पनि टुट्यो।

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाई दुबईको उडानका पाइलटहरूबीच उडानकै क्रममा झगडा भएपछि चालक दलले आपतकालीन चेतावनी सक्रिय पारेका थिए । 

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

२६ सय विन्दुमा ओर्लियो नेप्से