सशस्त्र प्रहरीद्वारा सिराहाबाट ११ सय किलो गाँजा बरामद

काठमाडौं । सिराहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान करिब १ बजे सिराहा जिल्लाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा बेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा नियन्त्रणमा लिएको हो । २६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ किलो गाँजासहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

गायिका मेलिना राईलाई पितृशोक