भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ ।

आयोजनाको बाँधमा रहेको सिल्ट सफाइका लागि असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले अनुरोध समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

बाँध खोलिने अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदीमा नजान, नदी किनारमा नजान तथा सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध समेत गरीएको छ ।

बाँधका ढोका बन्द गरिएपछि पनि केही समय महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले अनुरोध समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार सवा चार अर्बमा खुम्चियो