काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको १८ जना सवार बस दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा पल्टिएको जनाइएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका –३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् । अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लाल बहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक
रसुवा बाढीपछि मुस्ताङमा उल्लेख्य रुपमा घट्यो पर्यटक आगमन
प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै
पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरपालिकाको निगरानी
बाढी, जलवायु न्याय र विश्वव्यवस्था सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन : ‘हिमालयको चेतावनी सुन्न र त्यसअनुसार काम गर्न तयार रहौँ’
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्य सडक अवरुद्ध
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य





