अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको छ। विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डल अमेरिका गएको हो।

असोज १९ र २० गते हुने भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदलको निगरानी सूचीबाट नेपालको बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने कार्यक्रम छ।

अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्। निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

छलफलमा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् प्रतिरोधी विकासका लागि थप सहायता परिचालन गर्ने विषय समेटिनेछ। यस’bout विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी बढाउँदै मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा, घटनापछि हवाई सुरक्षामा प्रश्न