कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा

काठमाडाैं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुँदै मुस्ताङ भन्सार कार्यालयसहितको क्षेत्र पुगेकाे हाे ।

शनिबार लोमन्थाङको एक होटलमा बसेको चिनियाँ राजदुतसहितको टोलीमा दूतावासका काउन्सिलर, राजनीतिक तथा सञ्चार विभागका दुई प्रतिनिधिसहितको टोलीले जोमसोममा भेट हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए। प्रजिअ शर्माले भने, ‘‘चिनियाँ प्रतिनिधिहरु जोमसोममा भेटघाटपछि कोरला हुँदै फर्किनुहुन्छ, अनौपचारिक छलफल हुन्छ।’’ चिनियाँ राजदुतसहितको टोलीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्याल सहितको टोली लोमन्थाङ पुगेर सुरक्षा प्रदान गरिएको छ।

चीन सरकारले कोरला नाकालाई बैकल्पिक तथा परम्परागत नाका नभइ अन्तर्राष्ट्रिय नाका बनाउने गरी नाका क्षेत्रमा भौतिक पूर्वाधारसहित बस्ती विस्तार गरेको अवस्थामा चिनियाँ राजदूतसहितको टोलीको स्थलगत भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ। नाकालाई सुरक्षित बनाउन समय–समयमा अन्तरदेशीय सुरक्षा बैठकका लागि समेत चिनियाँ सुरक्षा अधिकारी नेपालतर्फ आउने गरेका छन्।

२०८० कात्तिक २७ देखि औपचारिक रुपमा काेरला नाकाको उद्घाटन भएकोमा गत आर्थिक बर्ष २०८२–८३ सालको भदौ ३० गते ब्यावसायिक रूपमा सञ्चालन गरिएको थियाे । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरी विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरियो।

सन् १९८१ को नेपाल चीनबिच व्यापार सम्झौताअनुसार सीमा क्षेत्रका बासिन्दालाई शून्य भन्सारमा तिब्बती सामग्रीको निर्वाध व्यापार गरिन्थ्यो। २०५८ सालसम्म प्रवेशमा कुनै अवरोध नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर अन्तरदेशीय मेलाबाहेकको अवधिमा नाका पूर्णरूपमा बन्द गरेपछि चाडपर्व र तिब्वतीको चाहना अनुसार मात्र नाकामा ब्यापार मेलामा करिब १५ दिनसम्म लाग्ने ब्यापार मेला आयोजना गर्ने गरिएकोमा पछिल्लो समय चिनियाँ प्राथमिकतामा कोरला नाका परेको छ।

कोरला नाकाबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोङ्वासेन जिल्लामा पुगेपछि त्यहाँबाट ४ सय किलोमिटरको टाढा ल्हासा सहरमा रहेको छ। चीनको सिमाना (कोरला) लाई मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा र नवलपरासी हुँदै भारतको सिमाना (त्रिवेणी नाका) सम्म राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडकको कुल लम्बाई ४३५ किलोमिटरले सिधा जोड्छ। कोरला चीनबाट भारतलाई जोड्ने सबैभन्दा छोटो नाका हो।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

मृत्युपछि सबैले आँखा दान गरौँ : मुख्यमन्त्री कार्की