वीरगन्ज । आर्थिक नगरी वीरगन्ज लगायत पर्सामा पर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाका विभिन्न १ सय २६ ठाउँमा मुख्य ड्यूटी स्थल बनाई त्यसको आधारमा आसपाससहित जिल्लालाई नै सुरक्षा घेरामा राखिने भएको हो ।
चाडपर्वमा हुने सुरक्षा चुनौतिलाई मध्य नजर गरी सुरक्षा व्यवस्थालाई थप मजबुती बनाई बनाइएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले राजधानी दैनिकसँग बताए । खास जरी जिल्ला रिर्जभ, क्यूआरटी परिचालन, स्ट्रिकिङ, ट्राफिक सहितको चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, शंकास्पद स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ, यात्रु सहायता कक्ष, सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षा, बजार अनुगमन, कर्डन एण्ड सर्च, सभा जुलुस, धर्नाको आकस्मिक सुरक्षा विपत प्रतिकार्य टिम र सीमा नाकाहरुमा संचालन गरिएका हेल्प डेस्कमा आवश्यक जनशक्ति पनि परिचालनको संख्याख्मक विवरण नै तयार पारी सुरक्षा व्यवस्था कडा पार्न थालिएको पर्सा प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मल्लले भने ।
नेपालीहरुको महान चाड बडादशैं, तिहार, नेपाल सम्बत् र छठजस्ता महत्वपूर्ण पर्वलाई मर्यादित, सुरक्षित, शान्तिपूर्ण, सौहार्दपूर्ण एवं उल्लासमय बनाउन पर्सा प्रहरीले पर्व लक्षित सुरक्षा योजना निर्माण गरिसकिएको पर्साका प्रहरी उपरिक्षक पवन कुमार भट्टराईले पनि बताए ।
खासगरी चाडपर्वको समयमा बढ्ने आवतजावत, बजारको भिडभाड, सार्वजनिक यातायात, धार्मिक तथा सांस्कृतिक गतिविधि, किनमेल तथा आर्थिक कारोवारमा हुने वृद्धि लगायतका क्रममा हुन सक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गरी प्रहरी थप सजग भएको पनि पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक भट्टले तर्क गरे ।
जिल्लाको शान्ति सुरक्षा सुदृढ र प्रभावकारी एवं जनमैत्री बनाउन सुरक्षाकर्मीको कर्तव्य नै भएको चुनौती आउनु पूर्व सतर्कता अपनाइएको पनि पर्सा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन
ठेकेदार समूहद्वारा वीरगञ्जका इन्जिनियर जैसवालमाथि कुटपिट
मनसुनजन्य प्राकृतिक विपद् उद्धारका लागि सशस्त्र प्रहरीको उच्च तयारी, ११ हजार बढी जनशक्ति परिचालन
८ करोड ४२ लाख बिगोका १२ बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
सशस्त्र प्रहरीद्वारा तीन महिनामा मधेश प्रदेशबाट २७ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी
विदेश पठाइदिने भन्दै झण्डै ३५ लाख रुपैयाँ ठगी गर्ने चार जना पक्राउ
श्रीमतीको हत्या आरोपमा मोक्तान पक्राउ





