काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्त भएका छन्। गृह मन्त्रालयले आचरण र अनुशासनसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको ठहर गर्दै दाहाललाई सेवाबाट हटाएको हो।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको ठहर गरिएको छ।
सोही आधारमा उनीमाथि विभागीय कारबाही गरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई बर्खास्त गर्ने निर्णय’bout जानकारी गराइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)
सम्बन्धित समाचार
मध्यराति नियन्त्रणमा लिएर ११ घन्टापछि पूर्वप्रधानन्यायाधीश राणालाई छाडियो
रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो
देउवा पक्षले ७७ जिल्लामा महाधिवेशन संयोजक तोक्यो
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन राष्ट्रिय सभागृहमा
कांग्रेसको १५ औँ महाधिवेशन : ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने




