सुन तस्करीको ‘ट्रान्जिट हब’ काठमाडौं

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालस्थित भाडाको घरबाट २१ किलो ७५० ग्राम सुन बरामद भएपछि काठमाडौं सुन तस्करीको बलिो ट्रान्जिट बन्दै गएको देखिएको छ ।

पाँच वर्षमा करिब २ सय करोड बढीको १६१ किलो सुन बरामद

विदेशबाट तस्करी गरेर ल्याइएको सुन काठमाडौंमा भण्डारण र प्रशोधन गरी बजारसम्म पु¥याउने सञ्जाल सक्रिय रहेको पछिल्लो घटनाले देखाएको छ । नेपाल प्रहरीबाट सार्वजनिक भएका वार्षिक विवरणअनुसार आर्थिक वर्ष २०७८–७९ देखि चालु आर्थिक वर्ष २०८२–८३ को असोजसम्ममा करिब १६१ किलो अवैध सुन बरामद भएको छ ।

बरामद भएको समयको बजारभाउलाई आधार मान्दा करिब २ सय करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको सनुको अवेध कारोबार भएको देखिएको छ ।

पछिल्लो घटनामा प्रहरीले २१ किलो ७५० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बरामद सुनको मूल्य ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी हो । प्हरकिा अनुसार बरामद सुनमध्ये १० किलो ९९७ ग्राम ११ वटा बिस्कुट आकारका टुक्रामा थियो भने १० किलो ७५२ ग्राम अर्धप्रशोधित अवस्थामा भेटिएको थियो । सुन प्रशोधनमा प्रयोग हुने भट्टी, डिजिटल तराजु, अन्य उपकरण र एउटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले बूढानीलकण्ठको घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिएका थिए । घरमा सुन प्रशोधन गरेर बिस्कुट आकारमा ढाल्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुन कहाँबाट ल्याइएको थियो? नेपालमा कसको जिम्मामा थियो र अन्तिम खरिदकर्ता को हुन् भन्ने’bout अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुन तस्करीको संगठित सञ्जाल’bout सबैभन्दा ठूलो अनुसन्धानमध्ये एक २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७१६ ग्राम सुनको प्रकरण हो ।

मोटरसाइकलका ब्रेकसुमा लुकाएर ल्याइएको सुनसम्बन्धी अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाँचवटा कम्पनीमार्फत विद्युतीय सामान र ब्रेक सुमा लुकाएर ठूलो परिमाणमा सुन भित्र्याइएको दाबी गरेको थियो ।

सीआईबीका अनुसार विद्युतीय सामानमा लुकाएर २ हजार ८३१ किलो ८९० ग्राम र ब्रेक सुमा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन ल्याइएको थियो ।

प्रहरीका अनुसन्धानले यो अवधमि ३ हजार १९४ किलोभन्दा बढी सुन भित्रिएको दाबी गरे पनि सो बराबरको सुन भने अहिलेसम्म बरामद भएको छैन । यसालई प्रहरीले नेपाललाई ट्रान्जिट बनाएर गरिएको तस्करीका रुपमा व्याख्या गर्दै आएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याइएको प्रकरणमा पनि अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढेको थियो । त्यस्तै, दुबईबाट आएको फ्लाई दुबईको उडानमार्फत १४ किलो सुन बरामद भएको प्रकरणमा पनि प्रहरीले सम्भावित तस्करी र तस्कर’bout अनुसन्धान गरेको थियो ।

यी घटनाले सुन तस्करी एउटै व्यक्तिले एकपटक सुन ल्याएको घटनामा सीमित नरहेको देखाउँछन् । विदेशबाट सुन ल्याउने, भन्सार जाँच छल्ने, नेपालभित्र प्रशोधन गर्ने र खरिदकर्तासम्म पु¥याउने तहगत सञ्जाल रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

बूढानीलकण्ठको पछिल्लो घटनामा सुनको ठूलो परिमाणसँगै प्रशोधन गर्ने उपकरण र विदेशी नागरिकको संलग्नता भेटिएको छ । विदेशबाट सुन ल्याउनेदेखि नेपालमा प्रशोधन र बिक्री गर्ने तहसम्मको सञ्जाल रहेको प्रहरीको दाबी छ । तर ती समूहको पहिचान भने अहिलेसम्म प्रहरीले गर्न सकेको छैन ।

सुन र बरामद
आर्थिक वर्ष बरामद सुन
२०७८–७९- २३.८२० किलो
२०७९–८०- १७.७२९ किलो
२०८०–८१- ५३.७१५ किलो
२०८१–८२- ४५.६४० किलो
२०८२–८३- १९.७२९ किलो
जम्मा १६०.६३३ किलो

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

पिपलको रुखमा भगवानको आकृति, भक्तजनको भीड