काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार अंकले बढेर २५९५.८१ अंकमा उक्लेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार चार अर्ब ८३ करोड ७७ लाख बराबरको सेयर कारोबार भएको थियो । आज ३५४ स्टकको ४९ हजार सात सय ९९ पटकको कारोबारमा एक करोड २७ लाख आठ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ ।
सोमबार सबैभन्दा बढी कुमारी बैंकको २५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि घलेम्दी हाइड्रको १९ करोड ८० लाख, साहस ऊर्जाको १९ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको छ ।
आज धौलागिरी लघुवित्त कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १४.९९ अंकले सेयरमूल्य बढेको छ । त्यस्तै, स्नो रिभर्स लिमिटेडको १३ ९२ अंकले सेयरमूल्य बढेको छ ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्यमा व्यापक गिरावट, कतिमा भइराखेको छ कारोबार ?
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आन्तरिक राजनीति र कमजोर व्यवस्थापनले थलिदै निगम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
उत्तरतर्फका सबै नाका ठप्पः चाडपर्वको मुखमा आपूर्ति चक्रमा धक्का
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता






