काठमाडौं । केयर गिभरमा इजरायल पठाउने भन्दै ठगी भएको प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान सुरु गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो । सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानको क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रुपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर पनि लगाएको छ ।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराले संगठित अपराधको कसुर पनि लगाएर अनुसन्धान गरिएको पुष्टि गरे । संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ । यो प्रकरणमा सीआईबीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का छन् । यो समूहले नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सललाहकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप छ ।
सम्बन्धित समाचार
युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ
कोशीमा गाँजा ओसारपसारको जालो : ५६४ किलो गाँजासहित गाडी नियन्त्रणमा, चालक फरार
सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित
प्रधानमन्त्री बालेन्द्र शाह पहिलोपटक प्रहरी कार्यक्रममा, भने–नैतिकता र निष्ठामा सम्झौता नगर्नू
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने
इलामको त्यो असोज: एक वर्षपछि पनि उस्तै छन् बाढीपहिरोका घाउ






