बैकको केवाइसी अपडेटको बहानामा करिब ५० लाख ठगी गर्ने गिरोह पक्राउ

रौतहट । बैंकको केवाइसी अपडेटको बाहनामा करिब ५० लाख रुपैया ठगि गर्ने गिरोहलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ ।

बैकको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पु¥याई करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जनालाइ रौतहट प्रहरीले पक्राउ गरेको हो ।

रौतहट प्रहरीले आज सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना’bout जानकारी गराए ।

पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा गत असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका–३ स्थित पोखरिया टोल र वडा नं. ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रिजालले बताएका छन ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैगनियाका स्थायी बासिन्दा तथा गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेको प्रहरी उपरिक्षक रिजालले बताए । रौतहट प्रहरी प्रमुख रिजालका अनुसार पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

हालसम्म केवाइसी अपडेट गर्ने बहानामा अनलाइन ठगी गरिएको भन्दै २२ वटा उजुरी प्राप्त भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिएकाछन् । प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको उनले जानकारी दिए।

ठगीमा परेको कुल रकम, अन्य पीडितको संख्या तथा रकम स्थानान्तरणमा संलग्न व्यक्तिहरू’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले एक लाख ६२ हजार २१० नेपाली रुपैयाँ र तीन हजार २३६ भारतीय रुपैयाँ बरामद गरेको छ।

त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको एसपी रिजालले जानकारी दिए।

प्रहरीले ठगीमा प्रयोग भएको हुन सक्ने रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन सेयर गराउने तरिका’bout लेखिएका डायरी र कापीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मुख्य योजनाकार तथा अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। ठगीको रकम कहाँ–कहाँ स्थानान्तरण भयो, त्यसमा अन्य को–को संलग्न छन् र डिजिटल कारोबार कसरी सञ्चालन गरिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

प्रहरीले बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। त्यस्ता व्यक्तिलाई मोबाइलको स्क्रिन सेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण नदिन र कुनै शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्न प्रहरीको सुझाब छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजीले राखे कांग्रेसका नवनिर्वाचित सभापतिसँग विभिन्न माग