ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि मिडिया र सामाजिक सञ्जालमा उठेका आरोपहरू’bout राज्यका जिम्मेवार निकायबाट निर्मम र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुनारले आफूले कुनै पनि गलत कार्य वा अपराध गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन्। ‘म माथि उठेको प्रश्नमा पार्टी, सदस्य, शुभचिन्तक र मतदाता कसैले शिर झुकाउनु पर्दैन,’ उनले भनेका लेखेका छन् ‘म र मैले कुनै कु-कर्म गरेको खण्डमा पार्टी वा सरकार सती जानुपर्दैन। म राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु।’

उनले छानबिनका क्रममा आवश्यक परे आफूलाई प्रतिनिधिसभा सदस्य तथा पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्दासमेत कुनै आपत्ति नरहेको उल्लेख गरेका छन्।

साथै, आफूमाथि लागेको आरोपको सामना गर्न तयार रहेको बताउँदै उनले यस घटनामा जोडिएकी महिलामाथि भएको मिडिया ट्रायल, अतिरञ्जित प्रचार र चरित्र हत्याप्रति कडा आपत्ति जनाएका छन्।

‘राजनीतिक र सामाजिक रूपमा काम गरिरहेकी एक निर्दोष महिलामाथि अनावश्यक फोटो, अडियो र भिडियो जोडेर जसरी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन,’ सुनारले लेखेका छन्, ‘यदि मबाट कुनै बदमासी भएको भए उहाँको गोपनीयता कायम राखेर प्रहरी वा अदालतले अनुसन्धान गरी सजाय दिए हुन्थ्यो। तर राज्यका निकाय र मिडियाबाट यसरी लखेट्नु कत्तिको सान्दर्भिक हो?’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार