सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२-०८३ मा झण्डै १५ करोड रुपैंया राजश्व संकलन गरेको हो । मन्त्रालयका सचिव अजित कुमार कर्णका अनुसार विभिन्न १५ ओटा शीर्षकमा १४ करोड ८८ लाख ९४ हजार ३१७ रुपैंया राजश्व संकलन गरेको हो ।
जसमा वन क्षेत्रतर्फ १२ करोड ७५ लाख ५० हजार २९० रुपैंया संकलन हुँदा उद्योगतर्फ जम्मा दुई करोड १२ लाख १५ हजार ६१ रुपैंया राजश्व संकलन गरिएको हो ।
विभिन्न राजश्व शीर्षक अन्र्तगत मन्त्रालयले प्राप्त गरेको उक्त राजश्वमा सबैभन्दा बढी वन क्षेत्रको रोयल्टी वापत ५ करोड ८५ लाख १८ हजार २७ रुपैंया संकलन हुँदा वन क्षेत्रको अन्य आय तर्फ ५ करोड५३ लाख ७९ हजार २६५ रुपैंया राजश्व संकलन भएको हो ।
यस्तै, व्यवसायले भुक्तानी गर्ने शीर्षकमा ११ लाख १० हजार ३५०, सरकारी सम्पतीको बहालबाट १६ लाख २० हजार २२५, पर्यटन शुल्कबाट ११ लाख २२ हजार ४ सय, सरकारी सम्पति विक्रीबाट पाँच लाख १ हजार ९५५ रुपैंया राजश्व संकलन भएको हो ।
यसैगरी, अन्य विक्रीबाट ६ लाख १ हजार २८, अन्य प्रशासनिक सेवा शुल्कबाट ९५ लाख ३८ हजार २८८, व्यवसाय रजिष्ट्रेसनबाट ५९ लाख ४७ हजार ४ रुपैंया, न्यायिक दण्ड, जरिवाना र जफतबाट दुई लाख २८ हजार २४८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ८६ हजार ३४५, धरौटी सदस्याहाबाट ३८ लाख ३१ हजार ७९१ रुपैंया, अन्य राजश्व ८५ हजार ३४५, बेरुजू ६१ लाख १४ हजार १६७ र निकासा फिर्ता वापत ४२ लाख १० हजार राजश्व संकलन भएको हो ।
सम्बन्धित समाचार
सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?
१०५.६२ मेगावाट बिजुलीका लागि २१ अर्ब लगानी स्वीकृत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
जाजरकोटमा बोलेरो दुर्घटना, २ जनाको मृत्यु
लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन






