वासिङ्टन । अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन् । यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो ।
मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जर’bout अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताउँदै उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरे ।
स्पेसएक्सको आम्दानी १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ । एआई सेवा र कम्प्युटिङ क्षमता भाडामा दिने सम्झौताले नाफा बढाउन योगदान पुर्याएको कम्पनीले जनाएको छ । एआई एकाइको आम्दानी नौ गुणा बढेर सात अर्ब ६० करोड डलर पुगेको छ ।
कम्पनीले एआई पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको छ । मस्कले सन् २०२७ मा थप १० गिगावाट कम्प्युटिङ क्षमता सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएका छन् ।
यसैबीच, स्टारलिंकको आम्दानी ६९ प्रतिशतले बढेर पाँच अर्ब २० करोड डलर पुगेको छ र ग्राहक संख्या एक करोड ३६ लाख पुगेको छ ।
स्पेसएक्सले मंगल अभियानका लागि महत्वपूर्ण मानिएको स्टारसिप रकेटबाट पहिलो आम्दानी दिने उडानसमेत पूरा गरेको छ । सो उडानबाट २६ वटा नयाँ पुस्ताका स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुर्याएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय न्यायको पक्षमा उभिएकी नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
रियाद विमानस्थल र साउदी विमानमा आक्रमण, कप्तानसहित ३ जनाको मृत्यु
मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्यो
पाकिस्तानमा विद्यालयको छाना खस्दा एक शिक्षकसहित २१ बालबालिकाको मृत्यु
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
एनआइएमबी बैंकमा सुशासनको धज्जी
पर्यटकको पर्खाइमा ऐतिहासिक उदयपुरगढी
कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो





