काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिए ।
यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न बजाएर सवारीसाधन चलाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान वे’ मा सवारी चलाउने सात र अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले दसैँको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
बडा दसैँको टीका सुरु
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते
दसैँ मनाएर काठमाडौं उपत्यका फर्किने बढ्दै
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य, रोहितको शतक
एल निनोले तोड्यो समुद्री तापक्रमको रेकर्ड
गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान





