बजार तताउन एउटै गीतमा चार कलाकार

काठमाडौं । लकडाउन हटेपछि कलाकारहरू गीतसंगीत रेकर्डिङ र भिडियो निर्माणमा सक्रिय हुन थालेका छन् । यसै क्रममा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समीक्षा अधिकारीको संयुक्त आवाजमा नयाँ गीत ‘मैले बोलेको छैन ढाँटेर…’बजारमा ल्याएका छन् । उनीहरूको यो गीतको भिडियो अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर आइतबार रिलिज गरिएको हो ।

यो गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् । यो गीतमा शब्द र संगीत संयोजना पनि अर्जनकै हो । सञ्चारकर्मी विधान कार्कीको निर्देशनमा यो भिडियो तयार भएको हो । नेपाली लोक पप शैलीको यो गीतका भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छन् ।

यी चारै जना कलाकार अहिले दर्शकले रुचाएका कलाकार हुन् । उनीहरूको गायन त आकर्षक छ नै । यो गीतको भिडियोमा यी चारै जना मोडलको रूपमा पनि प्रस्तुत भएका छन् । कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समीक्षा अधिकारको अभिनय पनि त्यत्तिकै आकर्षक छ । नेपसिनेमाको प्रस्तुतिमा द डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत यो भिडियोलाई सार्वजनिक गरिएको हो ।

गायक काफ्लेले यसअघि धेरै सुपरहिट गीतहरूमा स्वर दिइसकेका छन् भने लामा नेपाल आइडलका विजेतासमेत हुन् । यस्तै, अधिकारी पनि नेपाल आडलबाटै उदाएकी गायिका हुन् । उनले यसअघि केही हिट गीतहरूमा स्वर दिइसकेकी छन् । गायिका समीक्षा अधिकारी पनि पछिल्लो समय चर्चामा छिन् ।

लकडाउनका समयमा सामाजिक दूरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ । भिडियोेलाई फिल्मी शैलीको बनाइएको छ । दुई दाजुभाइले दुई दिदीबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकरात्मक सन्देशसमेत प्रवाह गरेको छ । भिडियोलाई नयाँ आयम दिन खोजिएको निर्देशक कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी