प्रदेश २ मा १ सय २८ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार १४ महिलासहित ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सर्लाहीमा ४७, रौतहट ३४, सिराहा २३, सप्तरीमा १३, धनुषामा १० र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय प्रयोगशालासहित तीन वटा ल्याबमा गरिएको परीक्षणका उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा संक्रमण पुष्टि भएका मध्ये ईश्वपुरका ३२ जना छन् । यसैगरी पीएचसी क्वारेन्टिनका १३ जना र २ जना होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा पनि संक्रमण पुष्टि भएको छ ।

सिराहाको एसएसएम बहुमुखी क्याम्पस क्वारेन्टिनका २२ जना र ठेगाना नखुेको थप एक जनामा संक्रमण देखिएको छ । रौतहटको गौर अस्पतालमा रहेका ३३ जना र लौकाहास्थित आइसोलेसनमा बसेका थप १ जनामा संक्रमण पुष्टि भएको हो ।
सप्तरीको कंकालिनीका २ जना, राजगढका ७ जना, बालनबिहुलका ४ जना, धनुषाको नगराइन क्वारेन्टिनका ३ जना, धनौजीको ३ जना र दुहबी क्वारेन्टिनका ४ जना, महोत्तरीको पिपरा क्वारेन्टिनका १ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)