जंगली च्याउ खाँदा दाङमा १० जना बिरामी

तुलसिपुर । जंगलबाट ल्याएको च्याउ खाँदा शान्तिनगर र तुलसीपुरमा १० जना बिरामी परेका छन् ।

घर नजिकै रहेको जंगलबाट ल्याएको च्याएर खाएर खाँदा शान्तिनगर गाउँपालिका–१ कुन्डले निबासी एकै घरका ४५ बर्षका कबिराज खाम्चा, श्रीमती मिना खाम्चा, छोरा २२ बर्षका बमबहादुर खाम्चा, बुहारी २० बर्षकी देबी खाम्चा, छोरी २० बर्षकी भिमा खाम्चा, र नातीनी दिवशिका खाम्चा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

त्यसैगरी च्याउखाएर तुलसीपुर–८ अश्वारा निबासी ७० मानसीङ रोका, ६८ बर्षकी श्रीमति विष्णु रोका, ५० बर्षका वसन्त रोका, ४८ बर्षकी मैमी रोका पनि बिरामी परेका छन् । उनीहरुले पनि जंगली च्याउ खाँदा बिरामी भएको अस्पतालले जानकारी दिएको छ । सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो