Sunday, May 9, 2021
Home Not-to-be-missed डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

,

काठमाडौं । गीति विधाबाट नेपालको नाममा फेरि एउटा गिनिज अफ वल्र्ड रेकर्ड थपिएको छ । गीत लेखनबाट पहिलोपटक गिनिज अफ वल्र्ड रेकर्ड थपिएको हो । गीतकार डा. डीआर उपाध्यायले १२ लाइनको एउटा गीत १२ भाषामा लेखेर गिजिन अफ वल्र्ड रेकर्डमा आफूसँगै नेपालको नाम दर्ता गराएका हुन् ।

आफ्नो गीतिसंग्रह ‘मायाको सागर’को शीर्ष गीत मायाको सागर…मार्फत उनले गिजिन अफ वल्र्ड रेकर्डमा कीर्तिमानी कायम गरेका छन् । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो । यो गीतलाई गीतकार उपाध्ययसँगै सागर अधिकारी ‘शरद’ र प्रकाश तिमिल्सिनाले संयुक्त रूपमा गाएका छन् । यो गीतमा सन्तोष श्रेष्ठको संगीत दिएका हुन् ।

काठमाडौंमा सामाजिक दूरी कायम गर्दै शनिबार बेलुका आयोजना गरिएको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै मन्त्री यादवले यसरी एउटा गीतकारले विश्व कीर्तिमानीकायम गर्नुले नेपालमा पनि ससक्त प्रतिभा छन् भन्ने प्रमाणित भएको बताए । लक्ष्मी र सरस्वती दुवैको वरदान पाएका गीतका उपाध्यायले गीत लेखेरै विश्वको चर्चित गिनिज अफ वल्र्ड रेकर्डसहित १५ वटा विश्व कीर्तिमानी कायम गरेको जानकारी पाउँदा साह्रै खुसी लागेको यादवले बताए ।

केही समयअगाडि ‘हिरो २०१९’बाट समेत सम्मानित डा. उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

गिजिन आफ वल्र्ड रेकर्ड ग्रहण गर्दै सो कार्यक्रममा गीतकार डा. उपाध्यायले समाजका लागि आफूले केही फरक शैलीको गीतहरू लेख्दै आएको बताए । यस्ता गीतले आफूलाई आत्मसन्तुष्टि मिलेको पनि जिकिर गरे । देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएको आफूले प्रमाणित गरेको पनि गीतकार डा. उपाध्यायको कथन थियो ।

अहिले गिनिजमा नाम लेखाएका यी गीतकारले यसअघि एकैपटक सातवटा गीतिसंग्रह ल्याएर विभिन्न १४ वटा विश्व रेकर्ड कायम गरेका थिए । गीतकार डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’जस्ता १९ वटा गीति एल्बमका सयौं गीत सार्वजनिक छन् ।

(Visited 229 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

साताका लोकप्रिय समाचार

अस्पताल पुगेका बिरामीको बेड कुर्दा कुर्दै एम्बुलेन्समै मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालकाका कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ । इस्मा गाउँपालिका –५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउसो तम्घास अस्पतालको...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

काेराेना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडाैं ।  न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण...

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

ट्रेन्डिङ

आजको सन्दर्भमा गुरुकुलीय शिक्षा

आजका शिक्षित युवा समुदायको परम्परागत ज्ञानबाट झनै टाढा बन्दै गएका छन् । शिक्षित भएपछि उनीहरू मातृभाषा, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं लोकविद्यामा झन् अज्ञानी...

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन...

समन्वय नहुँदा सर्वसाधारणलाई कष्ट

काठमाडौं । लकडाउनमा कतिपय ठाउँमा सरकारको अलमलका कारण सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । सरकारका विभिन्न तह तथा निकायबीच समन्वयकारी भूमिका नहुँदा र सरकारी निकाय...

कोरोना हटस्पट बनेको बाँके जिल्लाभरी सोमबारदेखि निषेधाज्ञा

नेपालगन्ज । बाँकेमा सक्रिय कोभिड संक्रमितको संख्या आईतबार साँझ ६ बजेसम्म २ हजार बढी भएपछि सोमबार राती १२ बजेदेखि बैशाख २० गते राती (...

नेकपा संकट : अध्यक्षद्वय आरोप–प्रत्यारोपमै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ...

राजदुत अर्यालद्वारा युगाण्डाको भ्रमण

कम्पाला, युगाण्डा । इजिप्टका लागि नेपाली राजदुत झबिन्द्र अर्यालले अफ्रिकी महादेश युगाण्डाको भ्रमण गरेका छन् । अफ्रिकामा नेपालीहरुको संख्या बढ्दै गएपनि सो क्षेत्रमा राजदुतको व्यवस्था...

रोनाल्डो इटाली फर्किए

लिस्वन । पोर्चुगिज तथा युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो मंगलबार इटाली फर्कने भएका छन् । युभेन्टसले प्रशिक्षणका लागि आफ्ना सबै खेलाडीहरूलाई निर्देशन दिएपछि रोनाल्डो मंगलबार...

राजधानी र नामकरणको प्रस्तावमा प्रदेश ५ मा आज मतदान, विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा आज प्रदेशसभामा मतदान हुँदैछ । प्रस्तावका विषयमा छलफल गर्न प्रदेश सभा बैठक मध्यान्ह १२...

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

पाकानोनलाई स्वर्ण

काठमाडौं । थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)