पोखरा । पोखरा वडा–५, जिरो किलोमिटरमा आइतबार राति लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते स्थानीय ५१ वर्षीया रुपासिंह बिकको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा आइतबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उक्त मोटरसाइकल चालक पोखरा–५ निवासी १९ वर्षीय नारायणप्रसाद आचार्य समेत घाइते भएका छन् । उनको पोखराकै रिजन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)






