कोरोना कहरमा प्रविधिको मलम

कोरोना भाइरस कोभिड–१९ को जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले ११ चैत २०७६ देखि देशव्यापी रूपमा लागू गरेको लकडाउन अझै हटन सकेको छैन । झन्डै तीन महिना लामो बन्दाबन्दीको अवस्थामा जोकोहीलाई पनि समय कटाउन पट्यार लाग्दो हुनु स्वभाविकै हो । एकातिर कोरोना महामारीको कहर र अर्कोतिर दैनिक कामकाज ठप्प पारी घरभित्रै खुम्चिनुको पीडा खप्न कठिन नै छ । कतिपय मानिस त धेरैथोरै डिप्रेसनको अवस्थामा पुगेको यथार्थ पनि देखापरेको अवस्था छ ।

बन्दाबन्दीको अत्यास लाग्दो वातावरण र कोरोना भाइरस संक्रमणको त्रासकाबीच केही मात्रामा भए पनि प्रविधिले आमनागरिकको जीवनमा सञ्जीवनीको काम गरेको छ । प्रविधिमा अभ्यस्त युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग व्यापक बनाई लकडाउनको अत्यास लाग्दो समयलाई सहज बनाएका छन् । प्रविधिमा केही ज्ञान भएका बाबुआमा पुस्तालाई प्रविधिको प्रयोग गर्न थप अवसर मिलेको छ । प्रविधिबाट निकै टाढा रहेका हजुरबाआमा पुस्तालाई भर्चुअल दुनियाँमा प्रवेश गरेर रमाउन लकडाउनको फुर्सदिलो समयले सघाएको छ । हजुरबाआमा पुस्ता अर्थात ज्येष्ठ नागरिकलाई अहिले मोबाइलमा कुरा गर्न, भिडियो च्याट गर्न र भिडियो हेर्न लकडाउनको समयले सिकाएको छ । नेपालभित्रै र विश्वभर छरिएर बसेका आफन्तहरूबीच भिडियोमा लाइभ कुराकानी गर्न पाउँदा यस्तो सुविधा दिने प्रविधिलाई सबै पुस्ताले जयजयकार गरेका छन् । मुक्तकण्ठले उच्च प्रशंसा गरेका छन् । सुविधा दिने फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जाललाई भित्री हृदयदेखि धन्यवाद दिएका छन् । बन्दाबन्दीमा झोक्राएर बस्नुपर्ने समयमा आमनेसामनेजस्तै रमाएर कुराकानी गर्न पाउँदा पुरानो पुस्ता होऊन् वा नयाँ पुस्ता सबैले औधी खुसी महसुस गरेका छन् ।

आर्थिक समृद्धिमा सूचना प्रविधिले सञ्जीवनीको काम गरी उल्लेख्य सुधार ल्याउन मद्दत गर्छ

अहिलेको युग सूचना प्रविधिको युग हो भन्ने गरिन्थ्यो तर अहिले प्रविधिको उच्चतम प्रयोगले व्यावहारिक रूपमै महसुस गर्न पाइएको छ । लकडाउनको अवस्थामा नुनदेखि सुनसम्मका वस्तु र सेवा अनलाइमै उपलब्ध छन् । महामारीबाट बच्न लगाइएको लकडाउनले मानिसलाई अनलाइन कारोबार र भुक्तानीमा निकै अभ्यस्त हुन सिकाएको छ । अत्यावश्यक वस्तुहरू, तरकारी, कपडा, गहनालगायतका सामग्री अनलाइन स्टोरबाट खरिद गर्ने बानी बसालेको छ । पहिल्यैदेखि डिजिटल बैंकिङ, अनलाइन पेमेन्ट, अनलाइन सपिङ, ई–कमर्सजस्ता सेवा उपलब्ध भए पनि यिनको व्यापक प्रयोग र महŒव लकडाउनको समयमा नै बढेको पाइन्छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाले डिजिटलाइजेसनको अवसरलाई थप प्रभावकारी बनाएका छन् । यस्तो सुविधा पहिल्यैदेखि उपलब्ध भए पनि यस प्रणालीलाई सशक्त र अनिवार्यजस्तो बनाउँदै वित्तीय संस्थाले नगदरहित बैंकिङ कारोबारमा निकै जोड दिएका छन् । जसको कारण डिजिटल बैंकिङमा आमनागरिकको चासो, आकर्षण र प्रयोग झन्झन् बढ्दै गएको छ । रकम ट्रान्सफर, बिजुली खानेपानी इन्टरनेटलगायतको बिल भुक्तानी गर्न डिजिटल माध्यमको प्रयोग भइरहेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट क्रेडिट कार्ड तथा प्रिपेड कार्डका ग्राहकको संख्या ह्वात्तै बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसैबीच कर्मचारी सञ्चय कोषले सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत विशेष सापटी सेवा सुरु गरेको छ । विद्युतीय माध्यमबाट रेमिट्यान्स भिœयाउने’bout नेपाल राष्ट्र बैंकले गृहकार्य थालेको छ, जुन प्रविधि विकासमा कोसेढुंगा साबित हुने निश्चित छ । लकडाउनकै कारण सेवा बन्द हुन पुगेको धितोपत्र बजार प्रविधिमैत्री बन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

कोभिड–१९ ले आक्रान्त पारेको अवस्थामा प्रविधिले आमनागरिकको जीवन सहज तुल्याउन महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वभर कोरोना महामारी’bout छिटोछरितो जानकारीसमेत सूचना प्रविधिकै कारण सम्भव भयो । जसले गर्दा समयमै आवश्यक सावधानी अपनाउन सहज भएको छ । दैनिक कोरोना संक्रमणको अवस्था के छ, कुन देशमा भाइरस नियन्त्रणका लागि कस्ता योजना अगाडि सारिएका छन् । कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्ने’bout यथेष्ट जानकारी सूचना प्रविधिकै कारण छिटोछरितो रूपमा प्राप्त भइरहेको छ । जसका कारण कोरोना संक्रमणबाट हुन सक्ने क्षति न्यूनीकरणसम्बन्धी नीति निर्माण गर्नका लागि नीति निर्माणकर्तालाई अवश्य सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

समाजमा सचेतना फैलाउने साहित्यिक क्षेत्र पनि बन्दाबन्दीबाट अछुतो रहेन । तथापि, लेखक, साहित्यकारहरूले प्रविधिको उच्चतम प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत यथेष्ट लेखरचना पोखेका छन् । कलाकारहरूले जागृतिमूलक कला प्रस्तुत गरेका छन् । कोही टिकटकमा रमाएका छन् । कोभिड–१९ ’bout सचेत गराउँदै कलाकारहरूले भर्चुअल कला प्रदर्शन गरेका छन् । लकडाउनका कारण प्रभावित भएको कला प्रदर्शनीलाई भर्चुअल पद्धतिले नयाँपनबाट निरन्तरता दिनु खुम्चिएर घरमै बस्नुपर्ने लकडाउनको बेलाको विशिष्ट उपलब्धि ठहरिएको छ भन्दा कुनै अतिशयोक्ति नहोला ।

बन्दाबन्दीमा झोक्राएर बस्नुपर्ने समयमा प्रविधिमैत्री परिस्थितिले आमनेसामने भई रमाएर कुराकानी गर्ने वातावरण निर्माण गरेको छ

लकडाउनका कारण स्थगित विद्यार्थीहरूको पढाइ अनलाइन कोर्स सञ्चालन गरी सुचारु भइरहेको छ । घरमै बसीबसी स्कुल, क्याम्पसका कक्षाहरू चलिराखेका छन् । देश लकडाउनमा भए पनि विद्यार्थीको भविष्यलाई लकडाउनमा लैजान रोक्ने प्रमुख सशक्त माध्यम अनलाइन शिक्षा नै बनेको छ । अहिले जुम, गुगलजस्ता थुप्रै एप्लिकेसनले शिक्षा पद्धतिलाई भर्चुअल्ली उपलब्धिमूलक बनाएको र यसले समयको सदुपयोग गर्न पनि सिकाएको महसुस गर्न सकिन्छ । साथै, सहजै ई–बुक डाउनलोड गरी चाहेका पुस्तक छानीछानी पढ्न पाइएको छ । विविध वेबसाइटमार्फत विविध विषयमा ज्ञानआर्जन गर्नेहरू प्रशस्त भएका छन् । डिजिटलसम्बन्धी तालिम दिने, व्यावहारिक ज्ञान दिनलाई प्रविधिकै कारण लकडाउनले भाँजो हाल्न पाएको छैन । बरु अझै बढी प्रविधीमैत्री बनाएर सशक्त रूपमा अगाडि बढाउँदै अपडेट गर्न मद्दत पु¥याएको छ, जुन लकडाउनको सकारात्मक पक्ष हो ।

मानव सभ्यताको विकाससँगै विज्ञान र प्रविधिले अहिले शिखर चुमेको अवस्था छ । तथापि, यसले हाम्रो देशलाई सशक्त रूपमा छुन सकेको अवस्था भने देखिँदैन । यस सन्दर्भमा सामाजिक दूरी कायम गर्ने बाध्यताले प्रविधिको प्रयोगमार्फत गरिएका भर्चुअल (भिडियो) बैठक होऊन् वा भिडियो कन्फरेन्सद्वारा गरिएका काम होऊन् सबैले हाम्रो प्रविधिमैत्री वातावरणमा अभ्यस्त हुने अवसर नै दिलाएका छन् । मानव जीवनमा आमूल परिवर्तन ल्याउने सूचना प्रविधिको फड्को यो समयमा थप सशक्त भएको मान्न सकिन्छ । जुन उपलब्धिलाई कोरोना कहर सकिएपछि पनि व्यवहारमा सशक्त रूपमा लागू गर्दै अगाडि बढ्न सकेमा जीवनलाई थप सहज बनाउन र विश्व प्रविधि बजारमा नेपाललाई उत्कृष्ट रूपमा उभ्याउन सकिनेछ ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा भने विशेष ध्यान दिनैपर्छ । प्रविधिको प्रयोगबाट हुन सक्ने ठगीबाट पनि आमउपभोक्ता सचेत भई जोगिनुपर्ने अवस्था टरिसकेको छैन । भर्चुअल बैठक, संसद् वा संसदीय काम कारबाही’bout प्रविधिको प्रयोगबाट हुन सक्ने गोपनीयता र विश्वसनीयताको प्रश्न उठाउने गरिन्छ । यसलाई थप विश्वसनीय बनाउन अपरिहार्य देखिन्छ । अनलाइन शिक्षा पहिलोपटक सञ्चालन गर्न शैक्षिक संस्थालाई केही अप्ठ्यारो भएको महसुस भएको छ । इन्टरनेट पहुँच सर्वत्र उपलब्ध नभएको अवस्थामा प्रदान गरिएको अनलाइन शिक्षा समान रूपले पाउन नसकेको ’bout प्रश्न उठिरहेका छन् । जेजस्ता प्राविधिक अप्ठेराहरू भए पनि तिनको समाधान खोजी गर्दै प्रविधिको प्रयोगलाई थप भरपर्दो, प्रभावकारी र समयानुकूल बनाउँदै लैजानुपर्नेमा सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

नेपालमा २०५० सालमा मर्कन्टाइल कम्पनीले पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको र त्यसपछिका दिनमा सूचना प्रविधिले व्यापक गति लिएको छ । सरकार, निजी क्षेत्र र नागरिक सबैले डिजिटल प्रविधिको प्रयोगले सस्तो, छिटो र प्रभावकारी सेवा प्रदान गर्न सम्भव रहेको छ । प्रविधिको विकासमा नयाँ आविष्कारलाई आफ्नो पहुँच र प्रयोगमा ल्याएर हरेक गतिविधिलाई अझै सशक्त रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो । त्यसैले, सूचना प्रविधिमा सबै वर्गको पहुँचलाई अझै सहज बनाउन विशेष कदम चाल्नुपर्ने अपरिहार्य देखिन्छ । सरकारी कार्यालय मात्रै होइन, निजी क्षेत्रले पनि डिजिटल प्रणालीमा आधारित व्यवसायको सुरुवात गरिसकेको अहिलेको अवस्थामा यस क्षेत्रले पु-याएको योगदानको कारण सूचना प्रविधिको औचित्य स्वतः पुष्टि भइसकेको छ । मानवलाई आपत् परेको कोरोना कहरको यस विषम परिस्थितिमा प्रविधिले थोरै भए पनि मलम लगाएको छ । त्यसैले, कोभिड–१९ को महामारीबाट थिलोथिलो हुन सक्ने आर्थिक समृद्धिमा सूचना प्रविधि सञ्जीवनीको रूपमा देखापरेर सुधारका लागि उल्लेखनीय योगदान दिने विश्वास गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद