Tuesday, August 11, 2020
Home बिचार कोरोना कहरमा प्रविधिको मलम

कोरोना कहरमा प्रविधिको मलम

कोरोना भाइरस कोभिड–१९ को जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले ११ चैत २०७६ देखि देशव्यापी रूपमा लागू गरेको लकडाउन अझै हटन सकेको छैन । झन्डै तीन महिना लामो बन्दाबन्दीको अवस्थामा जोकोहीलाई पनि समय कटाउन पट्यार लाग्दो हुनु स्वभाविकै हो । एकातिर कोरोना महामारीको कहर र अर्कोतिर दैनिक कामकाज ठप्प पारी घरभित्रै खुम्चिनुको पीडा खप्न कठिन नै छ । कतिपय मानिस त धेरैथोरै डिप्रेसनको अवस्थामा पुगेको यथार्थ पनि देखापरेको अवस्था छ ।

बन्दाबन्दीको अत्यास लाग्दो वातावरण र कोरोना भाइरस संक्रमणको त्रासकाबीच केही मात्रामा भए पनि प्रविधिले आमनागरिकको जीवनमा सञ्जीवनीको काम गरेको छ । प्रविधिमा अभ्यस्त युवा पुस्ताले सामाजिक सञ्जालको प्रयोग व्यापक बनाई लकडाउनको अत्यास लाग्दो समयलाई सहज बनाएका छन् । प्रविधिमा केही ज्ञान भएका बाबुआमा पुस्तालाई प्रविधिको प्रयोग गर्न थप अवसर मिलेको छ । प्रविधिबाट निकै टाढा रहेका हजुरबाआमा पुस्तालाई भर्चुअल दुनियाँमा प्रवेश गरेर रमाउन लकडाउनको फुर्सदिलो समयले सघाएको छ । हजुरबाआमा पुस्ता अर्थात ज्येष्ठ नागरिकलाई अहिले मोबाइलमा कुरा गर्न, भिडियो च्याट गर्न र भिडियो हेर्न लकडाउनको समयले सिकाएको छ । नेपालभित्रै र विश्वभर छरिएर बसेका आफन्तहरूबीच भिडियोमा लाइभ कुराकानी गर्न पाउँदा यस्तो सुविधा दिने प्रविधिलाई सबै पुस्ताले जयजयकार गरेका छन् । मुक्तकण्ठले उच्च प्रशंसा गरेका छन् । सुविधा दिने फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जाललाई भित्री हृदयदेखि धन्यवाद दिएका छन् । बन्दाबन्दीमा झोक्राएर बस्नुपर्ने समयमा आमनेसामनेजस्तै रमाएर कुराकानी गर्न पाउँदा पुरानो पुस्ता होऊन् वा नयाँ पुस्ता सबैले औधी खुसी महसुस गरेका छन् ।

आर्थिक समृद्धिमा सूचना प्रविधिले सञ्जीवनीको काम गरी उल्लेख्य सुधार ल्याउन मद्दत गर्छ

अहिलेको युग सूचना प्रविधिको युग हो भन्ने गरिन्थ्यो तर अहिले प्रविधिको उच्चतम प्रयोगले व्यावहारिक रूपमै महसुस गर्न पाइएको छ । लकडाउनको अवस्थामा नुनदेखि सुनसम्मका वस्तु र सेवा अनलाइमै उपलब्ध छन् । महामारीबाट बच्न लगाइएको लकडाउनले मानिसलाई अनलाइन कारोबार र भुक्तानीमा निकै अभ्यस्त हुन सिकाएको छ । अत्यावश्यक वस्तुहरू, तरकारी, कपडा, गहनालगायतका सामग्री अनलाइन स्टोरबाट खरिद गर्ने बानी बसालेको छ । पहिल्यैदेखि डिजिटल बैंकिङ, अनलाइन पेमेन्ट, अनलाइन सपिङ, ई–कमर्सजस्ता सेवा उपलब्ध भए पनि यिनको व्यापक प्रयोग र महŒव लकडाउनको समयमा नै बढेको पाइन्छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाले डिजिटलाइजेसनको अवसरलाई थप प्रभावकारी बनाएका छन् । यस्तो सुविधा पहिल्यैदेखि उपलब्ध भए पनि यस प्रणालीलाई सशक्त र अनिवार्यजस्तो बनाउँदै वित्तीय संस्थाले नगदरहित बैंकिङ कारोबारमा निकै जोड दिएका छन् । जसको कारण डिजिटल बैंकिङमा आमनागरिकको चासो, आकर्षण र प्रयोग झन्झन् बढ्दै गएको छ । रकम ट्रान्सफर, बिजुली खानेपानी इन्टरनेटलगायतको बिल भुक्तानी गर्न डिजिटल माध्यमको प्रयोग भइरहेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट क्रेडिट कार्ड तथा प्रिपेड कार्डका ग्राहकको संख्या ह्वात्तै बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसैबीच कर्मचारी सञ्चय कोषले सरल, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत विशेष सापटी सेवा सुरु गरेको छ । विद्युतीय माध्यमबाट रेमिट्यान्स भिœयाउनेबारे नेपाल राष्ट्र बैंकले गृहकार्य थालेको छ, जुन प्रविधि विकासमा कोसेढुंगा साबित हुने निश्चित छ । लकडाउनकै कारण सेवा बन्द हुन पुगेको धितोपत्र बजार प्रविधिमैत्री बन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

कोभिड–१९ ले आक्रान्त पारेको अवस्थामा प्रविधिले आमनागरिकको जीवन सहज तुल्याउन महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । विश्वभर कोरोना महामारीबारे छिटोछरितो जानकारीसमेत सूचना प्रविधिकै कारण सम्भव भयो । जसले गर्दा समयमै आवश्यक सावधानी अपनाउन सहज भएको छ । दैनिक कोरोना संक्रमणको अवस्था के छ, कुन देशमा भाइरस नियन्त्रणका लागि कस्ता योजना अगाडि सारिएका छन् । कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्नेबारे यथेष्ट जानकारी सूचना प्रविधिकै कारण छिटोछरितो रूपमा प्राप्त भइरहेको छ । जसका कारण कोरोना संक्रमणबाट हुन सक्ने क्षति न्यूनीकरणसम्बन्धी नीति निर्माण गर्नका लागि नीति निर्माणकर्तालाई अवश्य सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

समाजमा सचेतना फैलाउने साहित्यिक क्षेत्र पनि बन्दाबन्दीबाट अछुतो रहेन । तथापि, लेखक, साहित्यकारहरूले प्रविधिको उच्चतम प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत यथेष्ट लेखरचना पोखेका छन् । कलाकारहरूले जागृतिमूलक कला प्रस्तुत गरेका छन् । कोही टिकटकमा रमाएका छन् । कोभिड–१९ बारे सचेत गराउँदै कलाकारहरूले भर्चुअल कला प्रदर्शन गरेका छन् । लकडाउनका कारण प्रभावित भएको कला प्रदर्शनीलाई भर्चुअल पद्धतिले नयाँपनबाट निरन्तरता दिनु खुम्चिएर घरमै बस्नुपर्ने लकडाउनको बेलाको विशिष्ट उपलब्धि ठहरिएको छ भन्दा कुनै अतिशयोक्ति नहोला ।

बन्दाबन्दीमा झोक्राएर बस्नुपर्ने समयमा प्रविधिमैत्री परिस्थितिले आमनेसामने भई रमाएर कुराकानी गर्ने वातावरण निर्माण गरेको छ

लकडाउनका कारण स्थगित विद्यार्थीहरूको पढाइ अनलाइन कोर्स सञ्चालन गरी सुचारु भइरहेको छ । घरमै बसीबसी स्कुल, क्याम्पसका कक्षाहरू चलिराखेका छन् । देश लकडाउनमा भए पनि विद्यार्थीको भविष्यलाई लकडाउनमा लैजान रोक्ने प्रमुख सशक्त माध्यम अनलाइन शिक्षा नै बनेको छ । अहिले जुम, गुगलजस्ता थुप्रै एप्लिकेसनले शिक्षा पद्धतिलाई भर्चुअल्ली उपलब्धिमूलक बनाएको र यसले समयको सदुपयोग गर्न पनि सिकाएको महसुस गर्न सकिन्छ । साथै, सहजै ई–बुक डाउनलोड गरी चाहेका पुस्तक छानीछानी पढ्न पाइएको छ । विविध वेबसाइटमार्फत विविध विषयमा ज्ञानआर्जन गर्नेहरू प्रशस्त भएका छन् । डिजिटलसम्बन्धी तालिम दिने, व्यावहारिक ज्ञान दिनलाई प्रविधिकै कारण लकडाउनले भाँजो हाल्न पाएको छैन । बरु अझै बढी प्रविधीमैत्री बनाएर सशक्त रूपमा अगाडि बढाउँदै अपडेट गर्न मद्दत पु¥याएको छ, जुन लकडाउनको सकारात्मक पक्ष हो ।

मानव सभ्यताको विकाससँगै विज्ञान र प्रविधिले अहिले शिखर चुमेको अवस्था छ । तथापि, यसले हाम्रो देशलाई सशक्त रूपमा छुन सकेको अवस्था भने देखिँदैन । यस सन्दर्भमा सामाजिक दूरी कायम गर्ने बाध्यताले प्रविधिको प्रयोगमार्फत गरिएका भर्चुअल (भिडियो) बैठक होऊन् वा भिडियो कन्फरेन्सद्वारा गरिएका काम होऊन् सबैले हाम्रो प्रविधिमैत्री वातावरणमा अभ्यस्त हुने अवसर नै दिलाएका छन् । मानव जीवनमा आमूल परिवर्तन ल्याउने सूचना प्रविधिको फड्को यो समयमा थप सशक्त भएको मान्न सकिन्छ । जुन उपलब्धिलाई कोरोना कहर सकिएपछि पनि व्यवहारमा सशक्त रूपमा लागू गर्दै अगाडि बढ्न सकेमा जीवनलाई थप सहज बनाउन र विश्व प्रविधि बजारमा नेपाललाई उत्कृष्ट रूपमा उभ्याउन सकिनेछ ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा भने विशेष ध्यान दिनैपर्छ । प्रविधिको प्रयोगबाट हुन सक्ने ठगीबाट पनि आमउपभोक्ता सचेत भई जोगिनुपर्ने अवस्था टरिसकेको छैन । भर्चुअल बैठक, संसद् वा संसदीय काम कारबाहीबारे प्रविधिको प्रयोगबाट हुन सक्ने गोपनीयता र विश्वसनीयताको प्रश्न उठाउने गरिन्छ । यसलाई थप विश्वसनीय बनाउन अपरिहार्य देखिन्छ । अनलाइन शिक्षा पहिलोपटक सञ्चालन गर्न शैक्षिक संस्थालाई केही अप्ठ्यारो भएको महसुस भएको छ । इन्टरनेट पहुँच सर्वत्र उपलब्ध नभएको अवस्थामा प्रदान गरिएको अनलाइन शिक्षा समान रूपले पाउन नसकेको बारे प्रश्न उठिरहेका छन् । जेजस्ता प्राविधिक अप्ठेराहरू भए पनि तिनको समाधान खोजी गर्दै प्रविधिको प्रयोगलाई थप भरपर्दो, प्रभावकारी र समयानुकूल बनाउँदै लैजानुपर्नेमा सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

नेपालमा २०५० सालमा मर्कन्टाइल कम्पनीले पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको र त्यसपछिका दिनमा सूचना प्रविधिले व्यापक गति लिएको छ । सरकार, निजी क्षेत्र र नागरिक सबैले डिजिटल प्रविधिको प्रयोगले सस्तो, छिटो र प्रभावकारी सेवा प्रदान गर्न सम्भव रहेको छ । प्रविधिको विकासमा नयाँ आविष्कारलाई आफ्नो पहुँच र प्रयोगमा ल्याएर हरेक गतिविधिलाई अझै सशक्त रूपमा अगाडि बढाउनु आजको आवश्यकता हो । त्यसैले, सूचना प्रविधिमा सबै वर्गको पहुँचलाई अझै सहज बनाउन विशेष कदम चाल्नुपर्ने अपरिहार्य देखिन्छ । सरकारी कार्यालय मात्रै होइन, निजी क्षेत्रले पनि डिजिटल प्रणालीमा आधारित व्यवसायको सुरुवात गरिसकेको अहिलेको अवस्थामा यस क्षेत्रले पु-याएको योगदानको कारण सूचना प्रविधिको औचित्य स्वतः पुष्टि भइसकेको छ । मानवलाई आपत् परेको कोरोना कहरको यस विषम परिस्थितिमा प्रविधिले थोरै भए पनि मलम लगाएको छ । त्यसैले, कोभिड–१९ को महामारीबाट थिलोथिलो हुन सक्ने आर्थिक समृद्धिमा सूचना प्रविधि सञ्जीवनीको रूपमा देखापरेर सुधारका लागि उल्लेखनीय योगदान दिने विश्वास गर्न सकिन्छ ।

(Visited 114 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार भेटघाट गरिरहेका बेला ह्वाइट हाउस अगाडि गोली चल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार...

राजनीतिक नियुक्तिको सान्दर्भिकता

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नियमित संस्थागत संरचनाबाहेक विकास समिति २४, विकास कोष तीन, संस्थान एक, प्रतिष्ठान चार, संग्राहलय तीन, प्राधिकरण...

कोरोनाकै कुरा

सन् २०२० प्रारम्भ भएयता अर्थात् विगत सात महिनादेखि विश्व कोरोना भाइरसजन्य महामारीसँग संघर्षरत छ । नयाँनयाँ अनुसन्धान र परीक्षणका समाचार आइरहेका भए पनि अहिलेसम्म...

शैक्षिक सत्र होइन, स्वास्थ्यको ख्याल गर

कोरोना महामारीको संक्रमण देशव्यापी भएसँगै यस शैक्षिक सत्र अन्योलमा परेको छ । समयावधिका हिसाबले सुरु भइसके पनि पठनपाठनका हिसाबले यो सुरु भएको छैन ।...

धेरै पढिएका

मुलुकभर ४ सय ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर...

पिपल्स क्याम्पसमा पूर्व विद्यार्थी भेला

काठमाडौं । पिपल्स क्याम्पस पकनाजोलमा पूर्व विद्यार्थीको भेला सम्पन्न भयो । उक्त भेलाले पिपल्स क्याम्पस पूर्व विद्यार्थी परिषद तदर्थ समिति गठन...

निको भएका २५ संक्रमित प्लाज्मा दिन इच्छुक

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सफल भएसँगै कोरोना निको भएका २५ जना व्यक्ति प्लाज्मा दिएर जीवनदान गर्न तयार देखिएका...

बहुमुल्य काईनेटिक पत्थरसहित दैलेखमा एक जना पक्राउ

दैलेख । बहुमुल्य काईनेटिक पत्थर सहित दैलेखमा अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ...

ई-पेपर

(Visited 46 times, 1 visits today)