Wednesday, December 2, 2020
Home अर्थ भारतमा पढ्न जाने विद्यार्थीलाई राजस्वको दायरामा कहिले ल्याउने ?

भारतमा पढ्न जाने विद्यार्थीलाई राजस्वको दायरामा कहिले ल्याउने ?

काठमाडौ । सरकारले उच्च शिक्षा अध्ययनका लागि भारत जाने विद्यार्थीलाई राजस्वको दायरामा ल्याउन नसक्दा एक वर्षमै करिब २८ करोड रुपैयाँ गुमेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५-७६ मा २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व गुमेको छ ।

वार्षिक प्रतिवेदनमा आव २०७५-७६ मा १० हजार ५ सय विद्यार्थीले नेपालबाट भारतमा गई स्नातक तह अध्ययन गरेको उल्लेख छ । महालेखाले त्रिभुवन विश्वविद्यालयको समकक्षता अभिलेखअनुसार सो विवरण उल्लेख गरेको जनाएको छ ।

आव २०७५-७६ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ७ करोड ९३ लाख ६८ हजार विदेशी मुद्रा विदेश पठाउन स्वीकृति दिएको छ । आर्थिक ऐन २०७५ को व्यवस्थाअनुसार सो रकममा कर कट्टा नगरेकाले १५ प्रतिशतले हुने कर १ करोड १९ लाख ४ हजार रुपैयाँमा लाग्ने शुल्क र ब्याजसहित छानबिन गरी असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

एक वर्षमै गुम्यो झन्डै २८ करोड

आव २०७५-७६ मा मात्रै विभिन्न संकायमा प्रतिविद्यार्थी खर्च व्यापार प्रशासनमा ८ लाख, इन्जिनियरिङमा १० लाख र फार्मेसीमा १२ लाख रुपैयाँ औसत खर्च लागेको देखिन्छ । त्यसैले सो वर्ष समकक्षता लिने विद्यार्थीहरूको प्रतिविद्यार्थी औसत खर्च १० लाख रुपैयाँले जम्मा खर्च १० अर्ब ५० करोड रुपैयाँ हुने देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक ऐन २०७५ को दफा ८ को उपदफा १ मा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्कबापत विदेशी मुद्रा सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क लगाइने र असुलउपर गरिने व्यवस्था छ ।

तर, अहिलेसम्म यस्तो सटी सुविधा प्राप्त गरेको शिक्षा सेवा शुल्कको कुनै अभिलेख नै नराखेको पाइएको र छिमेकी मुलुक भारतमा अध्ययन गर्न जाने विद्यार्थीबाट अहिलेसम्म यस्तो शिक्षा सेवा शुल्क असुल नभएको भन्दै महालेखाले भारत अध्ययन गर्न जाने विद्यार्थी राजस्व असुलीको दायरामा नआएकाले अब असुलीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

राज्यले आर्थिक ऐन नियमबमोजिम लाग्ने कुल २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व असुल गर्न नसकेको महालेखाको ठहर

यसैगरी, पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त विवरणबमोजिम विद्यालय तहमा अध्ययन गरी २०७५÷७६ मा १० कक्षा र १२ कक्षा उत्तीर्ण गरी समकक्षता प्रमाणपत्र लिने विद्यार्थीको संख्या ११ हजार ६ सय ५४ भएको पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

महालेखाले २०७५-७६ को तथ्यांकलाई आधार मानेर एक वर्षको अवधिमा ती विद्यार्थीले भारतस्थित विभिन्न विद्यालय र विश्वविद्यालयमा तिरेको औसत शिक्षण शुल्कका आधारमा न्यूनतम पनि १३ अर्ब ८७ करोड ८१ लाख ७५ हजार शिक्षण शुल्क खर्च भएको उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस   पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

सो रकमको दुई प्रतिशतको मात्र हिसाब गर्दा पनि राज्यले आर्थिक ऐन नियमबमोजिम लाग्ने कुल २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ राजस्व असुल गर्न नसकेको महालेखाको ठहर छ । त्यसैले भारतमा अध्ययन गर्ने विद्यार्थी र शिक्षण शुल्कको अभिलेख राख्ने संयन्त्रको विकास र अनुगमन गरी राजस्व असुलीको दायरा बढाउन पनि महालेखाले निर्देशन दिएको छ ।

यसैगरी, कार्यालयले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीले गर्ने बिमाबाट ३ वर्षमा १ अर्ब ३ करोड ६८ लाख ७४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर असुल नभएको समेत प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयबाट प्राप्त विद्यार्थीको विवरणमा औसत स्वास्थ्य बिमा कभरेजका आधारमा हिसाब गर्दा तीन वर्षमा स्वास्थ्य बिमा कभरेजबापत ७ अर्ब ९७ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको देखिन्छ । सो रकममा आयकर ऐन, २०५८ को दफा ८९ (३) (ख) बमोजिम १.५ प्रतिशतले हुने कर ११ करोड ९६ लाख ३९ हजार रुपैयाँ छुट भएकाले सोमा नियमानुसार लाग्ने शुल्क एवं ब्याज सम्बन्धमा छानबिन गरी असुल गर्ने व्यवस्था मिलाउनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

आयकर ऐन, २०५८ को दफा ८९ (३) (ख) मा गैरबासिन्दा बिमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा १.५ प्रतिशत कर कट्टी गर्नुपर्ने व्यवस्था छ । नेपालबाट विदेशमा उच्च शिक्षा अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति लिनुपर्ने व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययनका लागि २०७३-७४ देखि २०७५-७६ सम्म ५७ हजार ५२० नेपाली विद्यार्थीले अनुमति लिएका छन् ।

यसैगरी, वैदेशिक अध्ययनमा जाने विद्यार्थीले मुख्यतः आवेदन शुल्क, शिक्षण शुल्क र बिमा शुल्क शीर्षकमा वैदेशिक मुद्रा भुक्तानी गर्छन् । स्वास्थ्य बिमा पोलिसीका सम्बन्धमा नमूना परीक्षण गर्दा औसतमा एक विद्यार्थीले २४ महिनाका लागि स्वास्थ्य बिमा पोलिसी नेपालमा रहेका बखत अस्ट्रेलियाबाट खरिद गर्नुपर्ने र सोबापत औसतमा अस्ट्रेलियन डलर १ हजार ७५ लाग्छ ।

सो रकम बिमा पोलिसीको भुक्तानी उल्लेख गरी शिक्षा सेवा शुल्क असुल नगरेको र यस्तो कारोबारमा सो ३ वर्षको अवधिमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ८ को उपदफा २ बमोजिम १ अर्ब ३ करोड ६४ लाख ७४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर असुल गरेको नदेखिएको पनि महालेखाले औंल्याएको छ । ती विद्याथीले विदेश अध्ययन गर्न जाँदा बुझाउँदै आएको बिमा प्रिमियमबापत संकलित १ अर्ब बढी रुपैयाँको कर पनि असुली नभएको पाइएको महालेखाले जनाएको छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

बार्सिलोनालाई जरिवाना

क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि...

ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

मुम्बई । बलिउड अभिनेत्री जैकलिन फर्नाडिज पछिल्लो समय अभिनेता सलमान खानसँग जोडिएकी छन् । अभिनेता सलमानसँग फिल्म किकमा काम गरेपछि यी अभिनेत्री चर्चामा आएकी...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

साताका लोकप्रिय समाचार

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

इनरुवा । पाँच दिनदेखि बेपत्ता सुनसरी, दुहबी नगरपालिका–३ भीरगाउँका १७ वर्षीय सुजन चौधरीको शव हत्या गरिएका अवस्थामा फेला परेको छ । घरदेखि करीब पाँच...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

ट्रेन्डिङ

सेनाको शक्तिशाली गुप्तचर निकाय बन्दै

काठमाडौं । नेपाली सेनामा शक्तिशाली गुप्तचर निकाय गठन गर्ने व्यवस्था समेटी सैनिक ऐन २०६३ लाई संशोधान विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।...

महिला दिवसको औचित्य

  विनायकप्रसाद धिताल  
यो पनि पढ्नुहोस   चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु
पुँजीवादी व्यवस्थाले विश्व बजारलाई गाँज्न थाले पछि श्रमिकको शोषणयुगको सुत्रपात भएको मानिन्छ । शोषणको शृंखलामा पुँजीपतिवर्गले विशेषतः महिलाको हक, हित, स्वास्थका विषय, सामाजिक...

बाँकेमा थप ७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । बाँकेमा थप ७ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि उनीहरुलाई सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा निर्माण गरिएको कोरोना विशेष...

घरबेटीको रोदन : ‘६ महिनादेखि भाडा नपाउँदा खानै समस्या’

काठमाडौं । कोरोना महामारीका कारण डेरावाल मात्र नभएर घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ । कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले...

कोरोना अपडेटः मृतकको संख्या १ लाख ५४ हजार नाघ्यो

एएफपी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारको विज्ञप्ति विवादित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति विवादित भएको स्वास्थ्यविज्ञहरु टिप्पणी गरेका छन् ।...

सिराहामा बसले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

लहान । सिराहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु.१६प ४४४१ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका३...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

भर्खरै

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै...

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय...

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

धेरै पढिएका

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

सुतिरहेकी छोरीलाई उठाएर बलात्कार गर्ने बाबु पक्राउ

सर्लाही । आफनै छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेको छन् । पक्राउ पर्नेमा भारतको मुज्जपरपुर घर भई हाल हरिपुर नगरपालिका वडा...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)