Thursday, August 5, 2021
Homeप्रदेशसांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार

सांसद साहको निर्देशनमा दिपही र विजयपुर बजारमा सडक विस्तार

,
sharethis

गौर । रौतहटको दुई ठुला व्यापारिक रणनीतिका सडकमा पर्ने मुख्य दुई बजारमा ५० फिट फराकिलो सडक निर्माण भएको छ ।

जयनगरबाट मौलापुर–कलैया हुँदै वीरगन्जसम्म जाने सडक खण्डको दिपही बजार तथा गौरबाट बंकुल हुँदै निजगढसम्म जाने सडक खण्डको विजयपुर बजारमा जम्मा २० फिट सांघुरो सडक रहेकोले आवतजावतमा कठिनाई भईरहेको थियो । उक्त सड़कलाई फराकिलो बनाउन रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अनुगमनको क्रममा ठेकेदार र सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका थिए ।

सांसद साहले सडक छेउमै रहेका भौतिक संरचना भत्काएर सहयोग गरिदिनका लागि स्थानीयलाई आग्रह गरेपछि स्थानीयले पनि गम्भीरता देखाएकाले सडक ५० फिट फराकिलो सम्भव भएको हो । सडक फराकिलो बनाउन तीन तल्ले भवन समेत भत्काउनु परेको थियो ।

‘यो दुई ठाउँमा राज्यले मुआब्जा दिएर पनि भौतिक संरचना भत्काउन सक्ने स्थिति थिएन । मा. प्रभु साहप्रति जनताको बिश्वासको कारणले मात्र उहाँको सामान्य निर्देशनको आधारमा वर्षौँदेखी बनाइएको दुई र तीन तल्ले पक्की घरहरू आफ्ना स्वेच्छाले भत्काउन सम्भव भएको हो’ निर्माण कार्यमा लागेका संतोष साहले भने ।

उक्त रणनैतिक सडक खण्डको महत्वपुर्ण स्थानमा वर्षौँ देखी बनाइएको दुई, तीन तल्ले पक्की घरहरू भत्काएर चौडा गर्ने कार्य साहसिक एवं नमुनायोग्य रहेको सांसद साहले बताए । स्थानीय संगसंगै सबै दलका स्थानीय स्तरका नेताले दलभन्दा माथि उठेर सहयोग गर्नु सराहनीय रहेको सांसद साहले बताए ।

उक्त कामका लागि स्थानीयले समेत अग्रसरता देखाएकोमा सांसद साहले धन्यवाद दिएका छन् । रणनीतिक महत्वको उक्त सडक सांसद साहकै पहल एवम् नेतृत्वमा कालो पत्रको कार्य भईरहेको छ ।

(Visited 320 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

पत्रकारलाई धम्कि आउदा महासंघ बोल्न नसकोको भन्दै तालाबन्दी

  पोखरा । समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी...

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८...

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

काठमाडौं । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महŒवपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि...

ट्रेन्डिङ

सुत्केरी श्रीमतीलाई अलपात्र पारेर श्रीमान प्रेमिकासंग भागेपछि…

 काठमाडाैं । चौध वर्ष अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको...

नोकिया २.४ एआई—पार्वड क्यामेराको साथ सार्वजनिक

काठमाडौं । एचएमडी ग्लोबल, होम्स फर नोकिया फोनले आइतबार नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेसनले नाइट मोड र पोट्रेट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)