सुनको मुल्य ९४ हजार ५ सय

काठमाडौं । सुनको भाउले बिहीबार पनि रेकर्ड ब्रेक गरेको छ । बिहीबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मुल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मुल्य तोलाको ९४ हजार ६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदी भाउ पनि अहिलेसम्मकै उच्च रहेको छ । चाँदी तोलाको ११ सय ४५ रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुनका मुल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको थियो । चाँदी मुल्य प्रतितोला ११ सय ३५ रुपैयाँ रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा