काठमाडौं । यो वर्षको तीज पर्वलाई लक्षित गरेर गायक सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाले नयाँ गीत छमछम पाउजु…बजारमा ल्याएका छन् । यसपटकको कोरोना संक्रमणबाट आफूहरूलाई सुरक्षित राख्दै र अहिलेको तनाव मुक्त गर्न यो गीतबाट अनुरोध गरिएको छ ।
यसअघि थुप्रै गीत गाइसकेका सुवर्णको यो पहिलो तीज गीत हो । दीपाले यसअघि पनि तीज गीत ल्याइसकेकी छन् । यो तीज भाका सुवर्णले नै तयार गरेका हुन् । गीतमा पुरुष स्वरसँगै उनको शब्द र संगीत पनि रहेको छ ।
काठमाडौंको सितापाइलास्थित आदेश्वर मन्दिरमा यो गीतको भिडियो छायांकन गरिएको हो । यो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी छबी थापामगरले गरेका हुन् । जसमा मोहनिष श्रेष्ठको छायांकन रहेको छ । दर्जनांै चलचित्रमा अभिनय गरिसकेका अभिनेता राहुल श्रेष्ठ र गायिका एवं मोडल सरिता भारतीले यो गीतको भिडियोमा मुख्य भूमिका निर्वाह गरेका छन् । यी जोडीको नृत्यले दर्शकले मन पराएका छन् । ‘छमछम पाउजु’को भिडियोलाई भिडियो क्राफ्ट युट्युब च्यानलबाट रिलिज गरिएको छ ।






