इंग्ल्यान्डलाई सिरिज

लन्डन । वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले २ सय ६९ रनको फराकिलो जित निकाल्दै सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।

अन्तिम दिन ३ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १ सय २९ रन मात्र जोड्न सक्यो । वेस्ट इन्डिजका लागि दोस्रो इनिंसमा साइ होपले सर्वाधिक ३१ रन जोडे । लेरमेइन ब्ल्याकवुडले २३ रन तथा सामर्थ ब्रुक्सले २२ रन जोडे । क्रेइग ब्रेथवेटले १९ रन तथा जासोन होल्डरले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।

इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ५ तथा स्टुआर्ट ब्रोडले ४ विकेट लिए । त्यसअघि ५८ ओभरमा २ विकेट गुमाउँदै २ सय २६ रन बनाउँदै दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो । ओपनर रोरी बर्नसले सर्वाधिक ९० रनको योगदान दिए ।

त्यस्तै, अर्का ओपनर डोम सिब्लेले ५६ रन जोडे । कप्तान जो रुट ६८ रनमा अविजित रहे । वेस्ट इन्डिजका रोस्टन चेस र जेसन होल्डरले १–१ विकेट लिए । त्यसअघि वेस्ट इन्डिज पहिलो इनिङमा ६५ ओभरमा वेस्ट इन्डिजले १ सय ९७ रनमा अल आउट भएको थियो । ओपनर क्रेग ब्रेथवेटलाई स्टुअर्ट ब्रोडले कप्तान जो रुटबाट १ रनमा क्याच आउट गराए । जोफ्रा आर्चरले अर्का ओपनर जोन क्याम्पबेललाई रोरी बर्नसबाट ३२ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए ।

उनले ५० बलमा ३ चौका प्रहार गरे । जेम्स एन्डरसनले साइ होपलाई १७ र सम्राह बुक्सलाई ४ रनमा जस बटलरबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि वेस्ट इन्डिजले रन जोड्न संघर्ष गरेको थियो । रोस्टन चेस ९ रनमा आउट भए । कप्तान जेसन होल्डरलाई ब्रोडले ४६ रनमा एलबीडब्लू आउट गरे । योसँगै होल्डरले टेस्टमा आफ्नो २ हजार रन पूरा गरेका छन् ।

उनी वेस्ट इन्डिजबाट १ सय विकेट लिने र २ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । सेन डोरिच ३७ र रेहकम कर्नवाल १० रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले १४ ओभरमा ४ मेडनसहित ३१ रन खर्चेर ६ विकेट लिए । जेम्स एन्डरसनले २ विकेट लिए । क्रिस वोक्स र आर्चरले १–१ विकेट लिए । त्यसअघि ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १११.५ ओभरमा ३ सय ६९ रनमा अल आउट भएको थियो ।

इंग्ल्यान्डका युवा ब्याट्सम्यान ओली पोपले सर्वाधिक ९१ रनको योगदान दिए । पोप १ सय ५० बलमा ११ चौका प्रहार गरे । सेनन ग्याब्रियलले बोल्ड आउट गरेपछि ओली शतक बनाउन ९ रनले चुकेका थिए । विकेटकिपर जस बटलरले ६७ रनमा क्याच आउट भए । पाँचांै विकेटका लागि पोप र बटलरले १ सय ४० रनको महŒवपूर्ण साझेदारी गरेका थिए । ओपनर रोरी बर्नस १ सय ४७ बलमा ४ चौकासहित ५७ रनमा क्याच आउट भए । अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबीडब्लू शून्यमा आउट गरे ।

कप्तान जो रुट १७ रनमा रन आउट भए । रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे । तल्लो क्रममा स्टुअर्ट ब्रोडले ४५ बलमा ९ चौका र १ छक्कासहित ६२ रन जोड्दै इंग्ल्यान्डलाई बलियो योगफलमा पु¥याए । ब्रोडले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । डोम बेस १८ रनमा अविजित रहे । वेस्टइन्डिजका तीव्र गतिका बलर केमार रोचले सर्वाधिक ४ विकेट लिए । योसँगै रोचले आफ्नो टेस्ट करिअरमा २ सय विकेट पूरा गरेका छन् ।

त्यस्तै, सेनन ग्याब्रियलले र रोस्टन चेसले २–२ विकेट लिए । कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो । तीन टेस्ट सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्टमा वेस्ट इन्डिज ४ विकेटले विजयी हुँदा दोेस्रो टेस्टमा १ सय १३ रनले पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९