ललितपुर । साउनको १५ गते बिहीबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ । एक महिना अघि असार १५ गते दहि चिउरा खाइए जस्तै साउनको १५ मा खिर खाने चलन छ । हरेक महिनामा एक विशेष प्रकारको खानेकुरा खाने भनेझै साउनमा खिर खाइन्छ ।

यो पहिले देखी नै रहदै आएको थिती भएको संस्कृतिविद् डा जगमान गुरुङले बताए र्। यो पुरानै चलन हो , साउनमा हरियो परियो धेरै पाइने हुनाले गाइले दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो , उनले भने र्, हरेक शुभ साइतमा खीरको महत्व छ । त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए । विभिन्न पुजा आजामा खीर खाने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ ।

असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरूले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ र्। यसको धार्मीक नभएपनि साँस्कृतिक महत्व छ । कृषीप्रधान देशमा यसको उच्च महत्व छ ।

बुधबार परेको साउन १५ मा घरपरिवारका सदस्य भेला भई खिर खाँदैछन् । यसैगरी साथीभाई भेला भएर पनि रमाइलो गर्दै खिर खाने गरिन्छ र्। अघिल्लो महिना खेतमै ब्यस्त भइयो , गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलकी संगिता आचार्यले भनिन् , साउन १५ मा हामी परिवारका सदस्य सबै भेला भएर साँझपख खिर खादैछौँ ।

स्वदेशमा रहेका नेपाली मात्र नभई विदेशमा कामका शिलशिलामा पुगेका नेपालीलले पनि खीर खाने आफ्नो योजना सामाजिक संजालमार्फत ब्यक्त गरेका छन् । सुर्खेतका सुरेन्द्र न्यौपानेलाई पनि साउन १५ मा खिर खाने चलन मन पर्छ र्। मलाई यो चलन मन पर्छ , जापानमा रहेका उनले भने यसपटक हामी यता संभव भए साथीभाइ मिलेर खिर खाँदैछौँ ।
खीर खाने जोहोमा गृहणी देखी युवा पुस्ता पनि ब्यस्त छन् । कोभिड १९ को संक्रमणको खतरा भएपनि उनीहरूमा कतिपनि खीर पकाएर खान उत्साह घटेको छैन । जोखीमै भएपनि उनीहरू बजारमा गएर दुध ल्याएर खीर पकाउने ध्याउन्नमा छन् ।

साउन १५ गतेको विहान दुध नपाइएला भनेर अघिल्लै दिनदेखी दुधको जोहो गर्नेको पनि कमी छैन । कपनकी निर्मला पौडेललाई साउन १५ मा खीर पकाउनका लागी चाहीने दुध नपाइने होलाकी भन्ने चिन्ता छ र्। घरमा बच्चाले रहर गर्छ , खीर खाने भनेर , उनले भनिन् , बच्चाकै निहुँ गरेर हामी परिवार सबै मिलेर खीर खान्छौँ ।

नपाइने होलाकी भनेर ३ दिन अघि देखी नै नजिकैको डेरीमा अर्डर गरेको छु , उनले भनिन् । सन्तोष लामीछानेले भने अघिल्लो दिन दिउँसै दूध किनेर फ्रिजमा हालेर राखी सकेका छन् ।

विहानै पसलमा प्याकेटको दुध किन्नेदेखी लिएर बट्टा होस् या ब्यक्तिका घरमा पालेका गाइको दुध लिन पनि धेरैलाई भ्याइनभ्याइ हुन्छ र्। खिर खानुभन्दा पनि खिर खाँदा हुने छुट्टै रमाइलो मलाइ मन पर्छ , किर्तीपुरमा कोठा लिएर बसेका नेपालगन्जका कोमल विकले भने , घरको रमाइलो याद आउँछ । खीर खाने चलन रामो भएपनी पछिल्लो समय यसमा विकृती पनि बढ्दै गएको छ । पछिल्लो समय खिर खाने निहुँमा मदिरा सेवन गर्ने , राती सम्म बसेर होहल्ला गर्दे अरुलाई अफ्ठ्यारो पार्ने सम्म हुने गरेको छ ।

दुध ब्यवसायी श्याम घिमीरेलाई १५ साउनका दिन आफ्नो पसलमा विहानी पख दुध वेच्न भ्याइनभ्याई हुने बताए । सस्थ्य मापदण्ड अपनाएर दुध बेच्दैछु र्। मैले यस दिन अन्यत्रबाट पनि दुध मगाउँछु , उनले भने , बजारको माग धान्न यसदिन गा-हो पर्छ । जसले गर्दा गुणस्तरीय दुध सबै ठाउँमा पुर्याउन नसकिने उनी लगायत दुध ब्यवसायीको बाध्यता सुनाउँछन् ।

वर्षका विभिन्न महिनामा एक विशेष परिकार खाने चलन रहदै आएको छ । असार १५ मा दही चिउरा खाने , मंसिर १५ मा न्वागी खाने, माघमा खिँचडी खाने तथा पुस १५ मा घिउ खट्टे खाने चलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,896 times, 1 visits today)

epaper

ताजा समाचार

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद