Thursday, October 1, 2020
Home Breaking News जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

अत्यावश्यक सेवा भने बन्द नहुने

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक रूपमा बसेको बैठकले तीनवटै जिल्ला प्रशासन कार्यालयबाट दिँदै आएका महत्वपूर्ण सेवा कटौती गर्ने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासनले ती सेवाहरू आगामी २५ साउनदेखि ८ भदौसम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

सुरक्षा प्रोटोकल पालना गरे–नगरेकोबारे काठमाडौं प्रशासनले कडाइका साथ अनुगमन गर्नेछ, अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नगरेको पाइए संघसंस्था बन्द गराइनेछ ।
जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौं

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा संक्रमण तीव्र रूपमा बढ्दै गइरहेकाले जोखिम कम गर्न प्रशासन कार्यालयबाट दिइने सेवाहरू स्थगित गरिएको जानकारी दिए । जसअनुसार आइतबारदेखि नै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएको नागरिकता वितरणसम्बन्धी सबै कार्य बन्द हुनेछन् ।

त्यसैगरी, बन्द गरिएका सेवाहरूमा हातहतियार दर्ता नवीकरणसम्बन्धी कार्य, संस्था तथा पत्रपत्रिका दर्तासम्बन्धी सबै कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण कार्य रहेका छन् । तर, शान्ति सुरक्षासम्बन्धी सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

बन्द हुने सेवा
–नागरिकता वितरणसम्बन्धी सबै कार्य
–हातहतियार दर्ता नवीकरणसम्बन्धी कार्य
–संस्था तथा पत्रपत्रिका दर्तासम्बन्धी सबै कार्य
–निजी सुरक्षा कम्पनी नवीकरण
–राहदानी वितरण
–नाबालिग परिचयपत्र वितरण

नियमित सञ्चालन हुने सेवाहरू
–शान्ति सुरक्षासम्बन्धी सेवाहरू
–ठाडो निवेदन तथा उजुरीसम्बन्धी सेवा
–मुद्दासम्बन्धी कार्य
–अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य
–विपद् व्यवस्थापनसम्बन्धी कार्य

यसैगरी, ठाडो निवेदन तथा उजुरीसम्बन्धी सेवा, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यका सेवाहरू भने जारी रहने प्रमुख जिल्ला अधिकारी दाहालले बताए । बढी संक्रमित देखिएका स्थानलाई सिलसमेत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट दिइने केही सेवाहरू बन्द भए पनि अन्य सरकारी कार्यालयले भने सेवा प्रवाह जारी राख्नेछन् । नागरिकता तथा राहदानी बनाउने कार्यमा लागि प्रशासन कार्यालयमा धेरै व्यक्तिको भीड हु्ने र त्यसले संक्रमणको जोखिम बढाउन सक्ने भएकाले ती सेवाहरू तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ ।

‘अहिले काठमाडांैलाई लकडाउन गरिएको होइन, केही सेवा मात्रै बन्द गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी दाहालले राजधानीसँग भने । दाहालका अनुसार अन्य सबै सरकारी कार्यालयले भने सुरक्षाका सबै विधि अपनाएर आफ्ना सेवा जारी राख्नेछन् ।

व्यापारिक संघसंस्थाले पनि सुरक्षा प्रोटोकललाई कडाइका साथ पालना गरेर आफ्ना सेवाहरू प्रदान गर्नुपर्ने भएको छ । सुरक्षा प्रोटोकल पालना गरे–नगरेको बारे काठमाडांै प्रशासनले कडाइका साथ अनुगमन गर्नेछ । अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नगरेको पाइए त्यस्ता संघसंस्था बन्द गराइने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

(Visited 87 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकैदिन १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७७ हजार...

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको...

हिरासतमा मृत्यु भएको घटनाको संसदीय टोलीद्वारा अनुसन्धान

जनकपुरधाम । प्रदेश २ को विभिन्न जिल्लामा दलितहरुको शंकास्पद मृत्यु भएपछि संघीय सांसदको टोलीले अध्ययन शुरु गरेको छ । केही व्यक्तिको प्रहरी हिरासतमै मृत्यु...

भर्खरै

निगम भन्छ : नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

पोखरामा डेढ अर्ब लागतमा अन्तराष्ट्रिय क्रिकेट मैदान बन्ने

पोखरा । पर्यटनको राजधानी पोखरा पछिल्लो समय खेलकुद सहरको रुपमा समेत विकसित हुँदै गएको छ । खेलकुद–पर्यटन दुवैमा प्रशस्त सम्भावना बोकेको पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय...

धेरै पढिएका

मास्क र सेनिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ

जनकपुरधाम । जनकपुरमा माक्स र सेनिटाइजरको अभाव रहेको स्थानीय प्रशासनमा गुनासो बढेपछि बजार अनुगमनलाई तिव्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय र...

एन्फा र एपीएफबीच सहकार्य

काठमाडौं । नेपाली फुटबल खेलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशत्र प्रहरी बल (एपीएफ) मिलेर काम गर्न सहमत भएका छन् ।...

काठमाडौँ उपत्यकामा संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा...

सुदूरपश्चिममा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु

धनगढी । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ...

ई-पेपर

(Visited 64 times, 1 visits today)