भेन्टिलेटर संचालन र पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै प्रदर्शन

सप्तरी । कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार नेपाली काँग्रेस र नेविसंघका यूवाहरुले सरकारबिरुद्ध प्रदर्शन गरेका छन् ।

भेन्टिलेटर र आइसियु सेवा संचालन गर्नुपर्ने, कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनु पर्ने तथा लकडाउन र निषेधाज्ञाले समस्यामा परेका विपन्न परिवारलाई दोश्रो चरणको राहत उपलब्ध गराउनु पर्नेलगायत मागसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सामाजिक दुरी कायम गरी काँग्रेस र नेवि संघका यूवा नेताहरुले गजेन्द्र नारायण सिंह अस्पतालको मुल गेटमै करिब एक घण्टा प्रदर्शन गर्दै सरकारले उक्त माँगहरु अविलम्ब सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए । काँग्रेसका यूवा नेता इर्साद अन्सारीले भेन्टिलेटर र आइसियुको अभावका साथै लामो समयको बन्दाबन्दीका कारण संक्रमित र विपन्न समुदायको अकालमै ज्यान जाने गरेकाले सरकारको ध्यानाकर्षण गराउन सडकमा उत्रिएको बताए ।

जिल्लामा हालसम्म कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको र संक्रमितको संख्या दिनदिनै बढ्दै गएको अवस्थालाई ध्यानमा राखी जनस्तरबाटै भेन्टिलेटर र आइसियु संचालनको माग उठिरहेको बेला त्यसमा थप बल पु-याउन आफूहरु सडकमा उत्रेको उनीहरुको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द