कन्ट्याक ट्रेसिङमा परेका काेराेना संक्रमितकाे मृत्यु

विराटनगर । कन्ट्याक ट्रेसिङमा परेका विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे उनको मृत्यु भएको हो ।

गत ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार नै कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

३ वर्षिया अवोध बालिकाको शव फेला, सौतेनी आमा पक्राउ