Friday, March 5, 2021
Home प्रदेश प्रदेश ३ काठमाडौँ उपत्यकामा १० हजार संक्रमित रहेको आशंका, ‘चेन ब्रेक’ गर्ने प्रयास

काठमाडौँ उपत्यकामा १० हजार संक्रमित रहेको आशंका, ‘चेन ब्रेक’ गर्ने प्रयास

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउँदै अन्यत्र फैलिन नदिन ‘कन्ट्याक ट्रेसिङ् र सङ्कास्पद क्षेत्र’का व्यक्तिको स्वाब परीक्षण तिब्र पारिएको छ ।

मुख्यगरी उपत्यका नगरपालिका फोरमले त्यसको अगुवाइ गरेको छ । काठमाडौँ उपत्यकाका १६ नगरपालिका र दुई महानगर फोरममा आवद्ध छन् । फोरमको बैठकले सङ्क्रमण फैलिन नदिन वडातहमै पुगेर पहिचान र उपचारलाई तिब्रता दिने निर्णयमुताविक काम थालेको हो । समुदायमा कोरोनाको अवस्था कस्तो छ भनेर पत्ता लगाउन एकीकृत रुपमा कार्यक्रम थालेको फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए । हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ ।

हाल उपत्यकामा १० हजार सङ्क्रमित रहेको आशंकाका साथ नियन्त्रणको काम अघि बढाइएको छ । अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन् । उनीहरुको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ ।

उक्त अभियानमार्फत समुदायस्तरमा सङ्क्रमण फैलिएको छ या छैन भन्ने कुरासमेत पत्ता लगाउने र समुदायमा फैलिएको अवस्था भेटिए नयाँ रणनीतिका साथ अघि बढ्ने श्रेष्ठले जानकारी दिए । प्राप्त विवरणमा आजसम्म उपत्यकमा झण्डै तीन हजार व्यक्तिमा कोभिड–१९ देखिएको छ । झण्डै एक हजार २०० उपचार पछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकालगायत केही जिल्लामा महामारीकै रुपमा सङ्क्रमण फैलिएको जानकारी दिए । आज मात्रै उपत्यकामा २३२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । त्यसमा सबैभन्दा बढी काठमाडौँ जिल्लाका १९९ छन् ।

उपत्यकामा विगतमा नगन्य सङ्क्रमण भएकोमा बन्दाबन्दीको अन्त्य भएपछि साउनमा अत्याधिक रुपमा सङ्क्रमित भेटिएको छ । साउन ६ गतेदेखि लागू हुने गरी सरकारले बन्दाबन्दी अन्त्य गरेको थियो । त्यसपछि बाहिरी जिल्लाबाट मानिस उपत्यका प्रवेश गर्दा सङ्क्रमण फैलिन सहयोग गरेको थियो ।

‘पछिल्लो समय उपत्यकामा तिब्र गतिमा सङ्क्रमण फैलियो, अब सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ’, मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका फोरमका सचिव श्रेष्ठले भने, ‘फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।’ फोरमको हालैको बैठकले सङ्क्रमितसँगको कन्ट्याक ट्रेसिङ गर्ने, उनीहरुको परिवारका साथै सङ्कास्पद क्षेत्रका मानिसको समेत स्वाब सङ्कलन गरेर परीक्षण गर्ने निर्णय गरेको छ ।

‘पछिल्लो समय उपत्यकामा तिब्र गतिमा सङ्क्रमण फैलियो, अब सङ्क्रमण रोक्न सकिएन भने स्थिति जटिल बन्नसक्छ’, मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका फोरमका सचिव श्रेष्ठले भने, ‘फैलिँदै गरेको सङ्क्रमणको ‘चेन ब्रेक’ गरेरै छाड्ने योजनाका साथ हामी लागेका छौँ ।’

अनुसन्धानमा उपत्यकामा मात्रै अहिलेसम्म यसरी परीक्षण गर्नुपर्ने झण्डै २८ हजार ५०० रहेका छन् । उनीहरुको परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखियो भने समुदायमा गएको पुष्टि हुन्छ । नत्र भने समुदायमा नपुगेको निष्कर्षका साथ रोक्ने आगामी रणनीति तय हुन्छ । सोहीअनुसार तथ्याङ्क सङ्कलन र विष्लेषणको आधारमा हरेक नगरपालिकाले अभियान थालेको उनले बताए । श्रेष्ठका अनुसार मध्यपुर थिमीले वुधबारबाट उक्त अभियान थाल्दै छ । ‘दुई ‘हट स्पट’ छानेका छौँ, त्यहाँको बुधबार मात्रै ५०० जनाको स्वाब सङ्कलन हुँदैछ’, श्रेष्ठले भने ।

यो पनि पढ्नुहोस   ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौँ मानगरापलिकाका प्रवक्ता ईश्वरमान डङ्गोल महानगरको १५ वटा वडाबाट कन्ट्याक ट्रेसिङको काम थालिसकेको बताए । ‘सबैभन्दा पहिले शङ्कास्पद व्यक्तिका स्वाब सङ्कलन गरी परीक्षण नै हो त्यसपछि उनीहरुलाई राख्ने स्थान (आइसोलेशन)को व्यवस्थापन हो, त्यसमा लागेका छौँ’, डङ्गोलले भने ।

आइसोलेशन समेत बढाउँदै

उपत्यकामा अहिले आइसोलेशन न्यून छ । त्यसैले सरकारले लक्षण नदेखिएकालाई घरमै आइसोलेशनमा बस्ने गरी मापदण्ड तयार पारेको छ । त्यसमा समुदायस्तरबाट दुव्र्यवहारका घटनासमेत देखिएकाले स्थानीय प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले दुव्र्यवहार गर्नेविरुद्ध कारवाही गर्न निर्देशनसमेत दिएको छ । त्यसैले आवश्यकता देखेर आइसोलेशनको व्यवस्थापनमा गृह मन्त्रालयसहित उपत्यकाको नगरपालिका लागेको छ ।

काठमाडौँ महानगरले आइसोलेशन बनाउनका लागि ५/६ स्थान छनोट गरिसकेको छ । स्थानीयबाट विरोध आउनसक्ने भएकाले नाम सार्वजनिक गरिएको छैन । अहिलेलाई सबै अस्पताल नै छनोट गरिएको डङ्गोलले बताउनुभयो । परीक्षणमा सङ्क्रमित फेला परे उनीहरुलाई राख्न झण्डै ६ हजारको आइसोलेशन थप्ने योजना गृह मन्त्रालयको समेत छ । उपत्यकाका नगरपालिकाहरु समेत आइसोलेशन व्यवस्थापनको तयारीमा जुटेका छन् । भक्तपुरले एक हजार बेडको आइसोलेशन तयार पारिसकेको छ ।

अहिलेको निषेधाज्ञलाई एक हप्ता थप्न सुझाव दिएको फोरमले १५ गतेसम्म आफ्नो सबै सेवा रोकेर यही बीचमा परीक्षण सक्ने योजनाका साथ काम थालेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । अहिलेको परीक्षणले उपत्यकाको सङ्क्रमणको अबस्था कस्तो छ भनेर पत्ता लगाउने र अवस्था हेरेर नयाँ रणनीति बनाउन फलदायी हुने विश्वास गरिएको छ । नयाँ आइसोलेशन बनाउँदा समस्या हुने र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सक्ने अवस्था नरहेकाले अस्पताललाई नै परिचालन गर्नुको विकल्प नभएको फोरमले जनाएको छ ।

फोरमले स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी महाशाखाका अधिकारीसँग समेत छलफल गरिसकेको छ । छलफलको निष्कर्षअनुसार महाशाखाबाट हरेक नगरपालिकाका लागि एकएक जना फोकल व्यक्ति उपलब्ध हुने छन् । महानगरभित्र रहेको स्वास्थ्य सेवा एकाईको टोलीले उनीहरुसँग समन्वय गरेर कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरेर परीक्षण गर्ने छ । अहिले १० हजार सङ्क्रमित रहेको अनुमान गरिए पनि परीक्षण पछि मात्रै यकिन विवरण आउने जनाइएको छ । सबै काम आगामी एक हप्तामा सक्ने योजना फोरको छ ।

(Visited 247 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

नेकपामा आत्मघाती गोलमा रमाउनेका लागि

सरकारले हिंसात्मक आन्दोलन गर्दै आइरहेको विप्लव समूहसँग सहमति गरेर मुलुकमा शान्ति तथा सुव्यवस्था कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारकै अग्रसरतामा विप्लव...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

साताका लोकप्रिय समाचार

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

पश्चिमी वायुको प्रभावले पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको आंशिक...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

ट्रेन्डिङ

दुम्किवासमा तनाव, मध्यरात १३ सेल अश्रुग्यास प्रहार

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

दुई फिल्म नसक्दै पारसमा जोडिए अनमोल

काठमाडौं । तीन महिनामा तीनवटा फिल्ममा अनुबन्धित भएका अभिनेता अनमोल केसी मंगलबार फेरि अर्को नयाँ चलचित्र ‘पारस’मा अनुबन्धित भएका छन् । ...

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन्...

भगवान रामले होली खेलेको सम्झदै जंगलमै होली (फोटोफिचर)

जनकपुरधाम । जंगलमा पनि होली पनि हुने हुन्छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, जनकपुरधाम क्षेत्रको प्रसिद्ध धार्मिक स्थल कञ्चनवनमा...

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य...

तयारी अवस्थामा छौं, नागरिकलाई जसरी पनि बचाउँछौं : मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएकाले आत्तिनुपर्ने...

‘इब्राहिमोभिच मेसी र रोनाल्डकै स्तरका फरवार्ड’

लन्डन । प्रशिक्षक रोर्बेटो मान्चिनीले स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरका फरवार्ड रहेको जिकिर गरेका छन् ।
यो पनि पढ्नुहोस   मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

वसन्तपुरमा चीर ठड्याइयो, फागु पर्व शुरु

ललितपुर । यस वर्षको फागु अर्थात होली पर्व मंगलबारबाट सुरु भएको छ । मंगलबार विहान बसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालीको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

चेल्सीसँग एनफिल्डमा लिभरपुल स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीलाई विजयी...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

धेरै पढिएका

काग्रेस अझै अनिर्णीत

काठमाडौं । विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी...

‘आँधी तुफान २’ मा महिलाकाे द्वन्द

काठमाडौं । फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा भएको छ । बिहिबार काठमाडौ मल स्थित डाड्युपन्यु रेष्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

स्राेताकाे मन जित्दै ‘हातैका पौजाले…’

काठमाडाैं । लाेक शैलीकाे गीत  रातो घलेकिमाको  सफलतापछि गायक तथा गीतकार कुशल बेलबासेको लोकदोहोरी गीत ‘हातैका पौजाले…’ सार्वजनिक भएको छ । कुशल बेलबासे र गायिका...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)