महामशिवरात्रिमा पाँच हजार प्रहरी खटाइने

काठमाडौं । महाशिवरात्रिका लागि पाशुपत क्षेत्रमा पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । गैरकानुनी क्रियाकलाप नियन्त्रण र दर्शनार्थीको सुरक्षाका लागि महानगरीय प्रहरी कार्यालयले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुख डीआईजी विश्वराज पोखरेलले सुरक्षाका लागि सादा पोसाकमा सूचना संकलन र ‘रिजर्भ फोर्स’समेत खटाइने जानकारी दिए । पशुपतिनाथ दर्शनका लागि स्वदेश तथा विदेशबाट भक्तजन आउनेक्रम सुरुसमेत भइसकेको छ । यस वर्षको महाशिवरात्रि पर्व आगामी शुक्रबार परेको छ ।

डीआईजी पोखरेलले शिवरात्रिको दिन पाशुपत क्षेत्रमा दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले चोरी, लुटपाट हुन सक्नेतर्फ प्रहरी सक्रिय भएको बताए । दर्शनार्थी आफंै पनि यस विषयमा चनाखो हुनुपर्ने उनको जोड छ ।

प्रहरीले गैरकानुनी गतिविधि नियन्त्रणदेखि भक्तजनको लाम मिलाउने तथा सवारी पार्किङ व्यवस्थापनमा समेत सघाउनेछ । त्यस्तै, पाशुपत क्षेत्रमा प्रविधिबाट निगरानी, कुकुरसहितको सुरक्षा जाँच तयारी गरिएको छ । सुरक्षाका लागि उल्लेख्य संख्यामा महिला प्रहरीसमेत परिचालन गरिने व्यवस्था मिलाइएको छ ।

प्रहरीले शिवरात्रिका दिन पाशुपत क्षेत्रमा हुने गाँजा, भाङलगायत पदार्थ बेच्नसमेत प्रतिबन्धित गरेको छ । त्यस्तै, उल्लेखित किसिमका पदार्थ सेवन र बिक्रीवितरण गर्नमा पनि रोक लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार