बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा आइतबार विहानगएको पहिरोले पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
जैमिनी नगरपालिका–१ टुनीबोट र वडा–५ दमेकमा पहिरोले घर पुरिँदादुई महिलाको मृत्यु हो ।
टुनीबोटमा घरमाथिबाट खसेको पहिरोले टुनीबोटका मणीभद्र उपाध्याको घरमाथिबाट आएको पहिरोले पुरिदा उनकी ६३ बर्षीया श्रीमती लक्ष्मी देवी पाध्याको मृत्यु भएको थियो । पहिरोमा परी ७० बर्षीय मणीभद्र उपाध्याय र २८ बर्षिय छोरी देवी शर्मा घाइते भएका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
घरमाथिको सडकमा लगाएको ग्याविन जालीसहित आएको पहिरो स्थानीय रविन्द्रनाथ शर्मा र नन्दलाल शर्माको घरपूर्ण रुपमा क्षति गरेको छ । दुवै घरमा परिवार काठमाडौं बसोबास गर्दै आएको हुँदा मानवीय क्षति नभएको जैमिनी नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत भेषराज शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै, जैमिनी नगरपालिका–५ दमेक सिमलेमा गएको पहिरो घर भत्किदा स्थानीय७५ बर्षीय जाल्पादेवी पौडेलको मृत्यु भएको छ । सो घरमा ७ जनाको परिवार बस्दै आएको थियो । अन्य ६ जनालाई सकुशल उद्धार गरेको जिल्ला समन्वय समिति बागलुङका सदस्य राजु केसीले जानकारी दिए ।
निरन्तर वर्षाले घरमाथि रहेको बाँसघारीमा पानीको मुलउम्रेको र त्यहीमुलको पानीले बाँसको घारी सहितपहिरो खसेको केसीले जानकारी दिए । विरल वर्षाको कारण जिल्लाको विभिन्न भागमा पहिरो जाने क्रम रोकिएको छैन । पहिरोे मानवीय क्षतिसँगै भौतिक क्षति समेत गरेको छ । निरन्तरको वर्षाले ग्रामिण सडकहरु क्षतविक्षत भएका छन् ।






