काठमाडौं । नेपाली कांग्रेसले सरकार कोरोना रोकथाममा अझैसम्म पनि गम्भीर नबनेको आरोप लगाएको छ। आज नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले प्रदेश नम्बर दुईका नेपाली कांग्रेसका नेता तथा बिज्ञ सँग गरिएको भिडियो कन्फरेन्समा कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय नेता तथा दुई नम्बर प्रदेशका नेताहरूले यस्तो आरोप लगाएका हुन्।
भिडियो कन्फेरेन्स कार्यक्रममा बोल्दै कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले सबैलाई आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाने र निरन्तरता हातलाई स्यानिटाईज गर्न आग्रह गरेका थिए। उनले घरबाहिर निस्कदा र भिडभाडमा जादा मास्क लगाएर सामाजिक दुरी कायम गर्न पनि सुझाव दिएका थिए।
उक्त कन्फरेन्समा बोल्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले सरकारले आएर बचाउला भनेर सरकारको भरमा बसे ज्यान जान सक्ने भन्दै उनले नेपाली कांग्रेसका नेताकार्यकर्तालाई जनतालाई कोरोनाबाट वचन सचेतना फैलाउन तिर लाग्न निर्देशन दिए। भिडियो कन्फरेन्समा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोभिड अनुगमन समितिका संयोजक डाक्टर प्रकाश शरण महतले सरकारले फागुनदेखी अहिलेसम्म पनि पिसीआर टेस्ट व्यापक नबनाएको र उपचारको उचित ब्यबस्थापन नगरेको भन्दै सरकारको आलोचना गरे उनले उपचार नपाएर छटपटाएका बिरामीलाई तत्काल उपचारको प्रवन्ध मिलाउन माग गरे।
भिडियो कन्फरेन्समा दुई नम्बर प्रदेशका नेपाली कांग्रेसका नेता तथा बिज्ञहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले दुई नम्बर प्रदेशमा प्रदेश सरकार र केन्द्र सरकार कोरोना रोकथाममा उदासीन भएको कांग्रेस नेतृत्वलाई जानकारी गराएका थिए।






